नेपाली जगमा बसेको आधुनिकता

लेखक : अरबिन धिताल , अस्ट्रेलिया

भनिन्छ पैसा यो युग सापेक्ष जिवन चलाउने आधार हो। यो एकाइसौ शताब्दी पैसाको चर्चाबिना अधुरो छ। नेपाली समाज पनि आधुनिकताको जगमा उन्नतिको संरचना निर्माण गर्ने उद्देशमा लागि परिरहदा जनस्तरमा पनि आधुनिकतासंगै हुर्किने बानी परिसकेको छ। कुनैबेला सारा भौतिकबादी सोचाइ बाट दुर रहने नेपाली संस्कृती, ईतिहास र जिवनशैली पनि पश्चिमाहरुको भौतिकबादि जिवनशैली अपनाउदै हरेको पाइएको छ। रमझम, सफल र रमाइलोलाइ नै आधुनिकताको सबैभन्दा सफल उद्देश्य मान्नुपर्छ र नेपाली जवानहरु पनि यहि पद्धति पछ्याउँदै विस्वका कुनाकुना पसिसकेका छ । केहि पाउने आशामा धेरै कुरा गुमाउदैपनि जानुपरेको छ। जीवन केही सहज होस, परिवारमा थोरै खुशी ल्याउन सकु र बाकी जीवन सहजताका साथ बिताउन सकु भन्ने सोचाइ तमान नेपाली हरुसंग रहदै आएकोमा भने त्यो सोचाइ बिस्तारै बिदेशमै बस्ने र भावि जिवनसंगै पुस्ता बढाउने सोचसम्म पुगिसकेका छन। पैसाले सधै खुशि दिने भने होइन रहेछ। बिकाशको अन्तिम लक्ष खुशी र संतुष्टि हुन भने पनि यी सवै बदलिदो संसारमा विषेशगरि नेपालि परिवारका निम्ति भने विहानिको करेला सेवन सरह हुदैगरेको छ। चाडवाड र पर्वका निम्ति मात्र नभै दैनिक जिवनमा बाच्ने आधार पनि हुन परिवारका सदस्य तर सानो आर्थिक जोहि गर्न टाढा पुग्नेहरु मात्र सम्झनामा भावबिहोल हुनुपर्ने अवस्था छ जुन मात्र नेपाली राजनितीको गलत दोहन बाट सिर्जित छ। आस्था र अवस्था सधै संगै लान निकै मुस्किल पर्छ। परिवार प्रतिको आस्था र आर्थिक अवस्थाका बिचको खाडल पुर्ने अन्तिम लक्षनै जीवनको सार बनाउनु परेको छ हरेक जसो नेपालिहरुलाइ। जिवनको उद्देश आखिर के हो त ? भन्ने प्रश्नको उत्तर सायद हरेक मानवको मस्तिष्कमा उत्पन्न हुने कुरा हुन र अहिलेको परिवेशमा जीवन दर्शन खुशी, सन्तुष्ट, शान्ती र सहजतामा मात्रै सिमित छैन तर हामि नेपालिहरु यी समान्य कुराहरुमा पनि निपुण बन्नुपरेको अवस्था भने छैन। आखिर पैसाले सबैकुरा दिनसक्ने भने रहेनछ किनकी पैसाले दशैको लुगा किनिदिन सक्ला तर त्यो बुढो बाबुको हातको स्पर्शित आशिर्वाद नमिल्दो रहेछ, तिहारमा झिलिमिलेले पनि दाजुभाइको आभास नमेटाउने रहेछ, औशिमा आमाको मुहार भिडोयो च्याट्मा मन सम्झाउनमात्र काफी हुने रहेछ। बस पैसा मेटेरियलाइज संसारका निम्ति बरदान र पारिवारिक सम्बधका निम्ति फाटो ल्याउने बस्तु रहेछ।

प्रतिकृया दिनुहोस