गौरि संकरले बाँड्यो १५ प्रतिसत लाभांस

नरेन्द्र रिमाल . कार्तिक १७
गौरि संकर कृषि सहकारि सस्थाको फिदिमको चौथो बार्षिक साधारण सभा फिदिममा सम्पन्न भएको छ । आज एक कायक्रमका बिच संस्थाले फिदिम स्थित होटल सरगममा आफ्नो साधारणसभा सम्पन्न गरेको हो ।
साधारण सभामा आर्थिक प्रतिबेदन पेश गर्दै संस्थाका कोशाध्यक्ष सोम कुमार थापाले संस्थाले १ कडोर १५ लाख ८२ हजार कारोबार गरेको भन्दै अठासि लाख उन्नाइस हजार पाँच सय रुपयाँ सेयर पुँजी रहेको र अन्ठानब्बे लाख ४३ हजार ७ सय ऋण लगानि रहेको जानकारि गराएका थिए । कार्यक्रममा संस्थाले आमदामि गरेको नाफाबाट १५ प्रतिसत नगद सेयर सदस्यलाइ बाँडेको समेत जानकारि गराइएको छ ।
संस्थाले नियमित बचतकर्ता पबित्रा राई , उत्कृस्ट बचतकर्ता फर्शुराम खतिवडा र कर्जा लिएको रकम लाइ सहि सदुपयोग गर्ने सन्तोस राइ लाई प्रमाणपत्र र खादा ओडाई सम्मान गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष केशब प्रशाद बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको संस्थाका ब्यवस्थापक दुर्गा खतिवडाले जानकारि दिनुभयो ।
प्रतिकृया दिनुहोस