पाँचथरको फिदिममा जारि तरुण गोल्डकपको उपाधि मिक्लाजुङ गाँउपालिकालाई

सिंहलिला समाचार 

पाँचथरको फिदिममा जारि तरुण गोल्डकपको उपाधि मिक्लाजुङ  गाँउपालिकाले जितेको छ ।तुम्बेवा गाँउपालिकालाइ १-० गोल अन्तरले पराजित गदै मिक्लाजुङले उपाधि जितेको हो । जितसँगै मिक्लाजुङले  १ लाख १ हजार १ सय ६६ रुपैया  प्राप्त गरेको छ । तुम्बेवाले उपविजेता बन्दै  ५१ हजार १ सय ६६ रुपैया हात पारेको छ । प्रतियोगितामा एक नगरपालिका सहित ७ वटा गाउँपालिकाहरुको सहभागिता रहेको थियो । खेल सुरु भएको २९ औ मिनेटमा मिक्लाजुङका दिपेस बर्देवाले गरेको १ गोल नै निर्णायक गोल बन्न पुगेको हो । कार्यक्रम नेपालि काङग्रेसका केन्द्रिय सदस्य  भिस्मराज आङदेम्बेको  प्रमुख आतीथ्यता तथा तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । आफ्नो ६६ औ स्थापना दिवसको अवसर पारेर तरुण दलले गोल्डकपको आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस