शेर्पा संघको अधिबेशन सम्पन्न

सिंहलिला समाचार फिदिम
शेर्पा संघ पाँचथरको चौथो जिल्ला अधिबेशन बिहिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको हलमा सम्पन्न अधिबेशनले दावावाङ्दी शेर्पाको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा दावालाक्पा शेर्पा, सचिवमा दावालाक्पा शेर्पा, सह सचिवमा साङ्गे शेर्पा, कोषाध्यक्ष शोभा शेर्पा र सदस्यहरुमा दावा शेर्पा, निमा शेर्पा, निम्की शेर्पा, लाक्पा शेर्पा, पासाङ शेर्पा, लाक्पा फुटी शेर्पा, तेजी शेर्पा, र पासाङदावा शेर्पालाई निर्वाचित गरेको छ । कार्यक्रममा शेर्पा संघका केन्द्रीय सदस्य पासाङ रीता शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख डिल्लीराम दुलाल, फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष रिञ्जी शेर्पा, शेर्पा संघका पुर्व अध्यक्ष लाक्पा शेर्पा, नेपाल पत्रकार महासंघ पाँचथरका सचिव तुलसी क्षितिज, मितेरी एफ.एमका लक्ष्मी गौतम लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस