कुम्मायक गोल्डकपको उपाधि आयोजक कुम्मायक स्पोर्टिङ्गलाई

 

 तारा ढुंगाना

सिहंलिला समाचार कार्तिक १५, पाँचथर |

पाँचथरको कुम्मायक गाउँपालिकामा  कात्तिक ९ गतेबाट शुरु भएको करेन्ट दोस्रो आमन्त्रण गोल्डकपको उपाधि कुम्मायक स्पोर्टिङ क्लबले हात पारेको छ । 

हिलिहाङ स्पोर्टिङ क्लवलाई ३–० को गोल अन्तरले पाखा लगाउँदै आयोजकले उपाधी चुमेको छ । कुम्मायक स्पोर्टिङलाई जिताउँन खेलको १४ मिनेटमा सुरेस मिफोकले गरेको गोलले खाता खोल्न सफल भएको थियो । त्यस्तै पहिलो चरणको २३ र ३२ मिनेटमा दुबै गोल शक्ति लावतीले गर्दा हिलिहाङलाई स्तब्ध बन्यो । खेलको दोस्रो हाफ्मा गोललाई फर्काउन हिलिहाङको तर्फबाट भएको केही अवसर खेर जाँदा उपबिजेतामा चित्त बुझायो । आयोजक कुम्मायक स्पोर्टिङ क्लव बिजेता बन्दै नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, मेडल, प्रमाण–पत्र र उपविजेता हिलिहाङ स्पोर्टिङले नगत ५५ हजार ५ सय ५५ ट्रफि मेडल र प्रमाण पत्र हात पार्यो । खेलको म्यान अफ् दि म्याच हिलिहाङका सुवास गुरुङ बने । उनले ट्रफि सहित नगद ५ हजार रुपैंयाँ प्राप्त गरे । 

त्यस्तै, खेलमा हाईस्कोलरका रुपमा कुम्मायकका शुरेस मिफोक र शक्ति लावती भएका थिए । उनिहरुले नगत ५ हजार ट्रफि प्रमाण–पत्र प्राप्त गरे, कुम्मायककै बेष्ट प्लेयर दिनेश शेर्मा बने उनले नगत १० हजार ट्रफि, प्रमाण–पत्र, प्राप्त गरे, बेष्ट गोल किपरमा कुम्मायकका कबिन्द्र लावती, बेष्ट राइजिङ प्लेयर दिप्सन लावती भए, उनिहरुले क्रमशः नगत ५ हजार ट्रफि प्रमाण पत्र हात पारे । यसैगरी कुम्मायक–१ का पूर्व राष्ट्रिय खेलाडी हाल एपिएफका प्रशिक्षक गणेश लावती सम्मानीत भएका छन् । उनलाई कुम्मायक गाउँपालिकाले नगत २५ हजार प्रशंसा प्रत्र प्रदान गर्दै सम्मान गरेको हो । गत कार्तिक ९ गतेबाट जारी करेन्ट दोस्रो कुम्मायक गोल्डकप आज सम्पन भएको छ । पाँचथरको १ नगारपालिका सहित ७ गाउँपालिका गरि ८ टीमको सहभागीता रहेको थियो । 

यता पाँचथरको फिदिममा जारी दोस्रो तरुण गोल्डकप मा मिक्लाजुङ गाउँपालिका फाइनलमा प्रवेश गरेको छ। 

आज भएको अन्तिम सेमीफाइनल खेलमा मिक्लाजुङ गाउँपालिकाले कुम्मायक गाउँपालिकालाइ १-० गोल अन्तरले पराजित गरेको छ।जित सँगै मिक्लाजुङ उपाधिको दाबेदार भएको छ।उपाधिको लागि कात्तिक १६ गते तुम्बेवा र मिक्लाजुङ गाउँपालिका बिच खेल हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस