हिलिहाङ स्पोर्टिङ उपाधी नजिक


सिंहलिला समाचार पाँचथर
हिलिहाङ स्पोर्टिङ क्लव कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा जारी दोस्रो करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पृथ्वी माविको खेलमैदानमा बुधबार भएको दोस्रो सेमीफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लवलाई ट्राईवेकरमा ४ का बिरुद्ध ५ गोलले स्तब्ध पार्दै हिलिहाङ उपाधि नजिक पुगेको हो । निर्धारित समयको ९ मिनेटमा हिलिहाङका डिफेन्सले नियन्त्रण गुमाउँदा फिदिम स्पोर्टिङ क्लवका मनिष केरुङले गोल गरेका थिए । दबावमा परेको हिलिहाङका हरि मैनालीले ११ मिनेटमा गरेको गोलले खेललाई ट्राईवेकरमा धकेलेको थियो । थप गरिएको १४ मिनेटमा पनि दुबै टिमले गोल नगर्दा ट्राईवेकर मार्फत हिलिहाङ उपाधि नजिक पुगेको हो । खेलको म्यान अफ् दि म्याच हिलिहाङका गजेन्द्र राई बने । उनले ट्रफि सहित नगद तीन हजार रुपैंयाँ प्राप्त गरे । भोलि उपाधिका लागि आयोजक कम्मायक स्पोर्टिङ क्लव र हिलिहाङ स्पोर्टिङ क्लव बीच दिउँसो २ः३० बजे हुने भएको छ । प्रतियोगिता कार्तिक १५ गतेसम्म चल्ने आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष रोहन घिमिरेले बताउनुभयो ।
यसैबिच फिदिममा जारि तरुण गोल्डकपको आजको खेलमा तुम्बेवा बिजई भएको छ । फाल्गुनन्द स्पोटिङ क्लबलाइ १ ,० गोल अन्तरले पराजित गदै तुम्बेवा फाइनलमा प्रबेश गरेको हो ।भोलि अन्तिम सेमिफइनलमा कुम्मायक र मिक्लाजुङ बिच खेल हुने आयोजक तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो । आगामी कार्तिक १६ गते हुने फाइनल खेलको विजेताले १ लाख १ हजार १ सय ६६ रुपैया र उपविजेताले ५१ हजार १ सय ६६ रुपैया हात पार्नेछन् । प्रतियोगितामा एक नगरपालिका सहित ७ वटा गाउँपालिकाहरु रहेका छन् ।

 

प्रतिकृया दिनुहोस