करेन्ट दोस्रो कुमायक गोल्डकपमा फिदिम र तरुणगोल्डकपमा कुम्मायक सेमिफाइनलमा प्रबेश

सिंहलिला समाचार पाँचथर

पाँचथरको कुम्मायक गाउँपालिकामा जारी करेन्ट दोस्रो कुम्मायक रनिङ गोल्डकपको सेमिफाइनलको यात्रा फिदिम स्पोर्टिङ क्लवले पक्का गरेको छ ।

पृथ्वी माविको खेलमैदानमा आज भएको अन्तिम चरणको खेलमा फिदिम स्पोर्टिङ क्लवले मिक्लाजुङ स्पोर्टिङलाई ३ का बिरुद्ध ५ गोल गर्दै सेमिफाइनलको यात्रातय गरेको हो । निर्धारित समयको ५ मिनटेमा फिदिम स्पोर्टिङका जीवन भण्डारीको गरेको गोलबाट सुरुवाती अग्रता लिएको थियो । दबावमा परेको मिक्लाजुङका लागि २५ औं मिनेटमा मेहरमान खवास र २७ औं मिनेटमा दिपेश बर्देवाले गोल गरेका थिए । पहिलो हाफको अन्तिम ३७ औं मिनेटमा फिदिम स्पोर्टिङले पाएको कर्नर किकलाई मनोज राईको हेर्डले खेललाई बरावरीमा रोकेको थियो ।
दोस्रो हाफको खेलभरहावि भएको फिदिम स्पोर्टिङ क्लवका लागि ४५ औं मिनेटमा मनिष जबेगु, र ५६ औं मिनेटमा जीवन भण्डारीले गोल गरेका थिए । खेलको ६६ मिनेटमा मिक्लाजुङका डिफे्रसले नियन्त्रण गुमाउदा हेडमार्फत आत्मघाती गोल भएको थियो । खेलको अन्तिम समयको ७० औं मिनेटमा मिक्लाजुङका दिपेश बर्देवाले गरेको गोलनै अन्तिम बन्यो । खेलको उकृष्ट खेलाडीको रुपमा मिक्लाजुङ स्पोटिङकै दिपेश बर्देवा घोषित भए उनले, ट्रफि र नगत ३ हजार प्राप्त गरे ।पाँचथरका १ नगरपालिका सहित सात स्थानीयतहका ८ टिमको सहभागी रहेको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १,११ ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेताले ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र हातपार्ने छन् र त्यसैगरि सबै बिद्याका सबोकृष्ठ खेलाडीहरुलाई ट्रफी र नगत पुरस्कारको ब्यवस्था रहेको आयोजक संस्थाले बताएको छ । ९ गते बाट सुरुभएको प्रतियोगिता कार्तिक १५ गतेसम्म संचालन हुने छ । भोली हुने सेमिफाइनल खेल आयोजक कुम्मायक स्पोर्टिङ क्लव र फालेलुङ स्पोर्टिङ क्लव बीच हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष रोहन घिमिरेले बताउनुभयो ।

यसैबिच फिदिममा जारि तरुण गोल्डकपको आजको खेलमा कुम्मायक बिजई भएको छ । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाइ वेकरमा धकेलिएको थियो । टाइ वेकरमा फालेलुङ गाउँपालिकालाई ६ , ७ गोल अन्तरले पराजित गदै कुम्मायकले सेमिफाइनलको यात्रा  तय गरेको हो  । प्रतियोगिता अन्र्तगत भोली फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिका  वीच प्रतिस्पर्धा हुने आयोजक तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो । आगामी कार्तिक १६ गते हुने फाइनल खेलको विजेताले १ लाख १ हजार १ सय ६६ रुपैया र उपविजेताले ५१ हजार १ सय ६६ रुपैया हात पार्नेछन् । प्रतियोगितामा एक नगरपालिका सहित ७ वटा गाउँपालिकाहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस