मुख्यमन्त्री राईलाई गर्धन समस्या, उपचारका लागि थाइल्याण्ड जाने

सिंहलिला समाचार २०७५ कार्तिक १२ गते
 

विराटनगर, १२ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जान प्रदेश मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीलाई विदेश गई उपचार गर्ने विषयमा आइतबार निर्णय गरेको हो । राईलाई गर्धन हल्लिरहने समस्या छ ।

सार्वजनिक कार्यक्रममा बस्दा समेत यो समस्याले सताउने गरेको छ । थाइल्याण्डमा राम्रो र गुणस्तरीय उपचार हुने भएकोले राई कात्तिक १६ गते त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

राईको कात्तिक २४ गतेसम्म थाइल्याण्मा रहने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले सिंहलिला एफ एमलाई जानकारी दिनु भयो । मुख्यमन्त्री राई उपचारका लागि निजी खर्चमा विदेश जान लाग्नु भएको हो ।

प्रदेश मन्त्रिपरिषदले सामाजिक सुरक्षाको व्यवस्था गर्न बनेको विधेयक, बालबालिका सम्बन्धी विधेयक र मनमोहन प्राविधिक विश्व विद्यालय सम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको छ । यी सबै विद्येयक सामाजिक विकास मन्त्रालयले ल्याएको हो ।

प्रतिकृया दिनुहोस