समुदाय–प्रहरी साझेदारी कार्यक्रम पाँचथर लगायत देशैभर सञ्चालन


 सिंहलिला समाचार पाँचथर 

नेपाल प्रहरीले आजबाट ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले सार्वजनिक गरिएको अभियान देशैभर सञ्चालनमा आएको हो । फिदिममा  आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्र्दै प्रतिनिधि सभाका माननिय संसद बसन्त कुमार नेम्बाङले मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न अभियान सफल हुने विश्वास व्यक्त गरे ।उनले विकास र समृद्धिमा अपराध र अपराधी मुख्य बाधक भएको भन्दै यसलाई निस्तेज बनाउन जरुरी रहेको बताए । उनले शान्तिपूर्ण र सुरक्षित समाज स्थापनाका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमुलक हुने उल्लेख गरे ।प्रहरी नायब उपरिरीक्षक नरेन्द्र कुँवरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल प्रहरी, समुदाय, स्थानीय तह, सामाजिक संघ संस्था, विद्यालय र सञ्चारमाध्यमसँगको साझेदारीमा यसको परिकल्पना गरिएको जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी अभियानमा १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, ४ लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक संलग्न रहने नेपाल प्रहरीले जनाएको छ । पाँचथरको फिदिममा आयोजित कार्यक्रममा प्रदेश नं. १ का सासद सिता थेबे, जिल्ला समन्वय प्रमुख बिष्नु सापकोटा, फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ लगायतले मन्तब्य राख्नु भएको थियो ।

  समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुम्ममायक गाउपालिका, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ र फिदिम नगरपालिका र जिल्ला प्रहरी कार्यालय बिच समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस