अस्ट्रेलियामा अध्यनरत नेपाली विद्यार्थी युवा समाजसेवी क्षितिज बुढाथोकीको समाजप्रतिको योगदान, योजना र उत्तरदायित्य, चितवन लिओ क्लबमा लिओ चार्टर डिरेक्टरको पद सम्हालेर समाजसेवाको यात्रा

नेपाली विश्वको जुन सुकै कुनामा रहे पनि आफ्नो कर्तव्य र मानवीय धर्मलाई सदैव कायम राखेको हुन्छ । त्यस्तै विभिन्न राष्ट्रियस्तरमा सामाजिक कार्य गर्दै अन्तर्राष्ट्रिय जगतमा पनि सामाजिक उत्तरदाहित्यलाई कायम राख्दै, मातृभूमि नेपालप्रतिको समाजप्रति थप समाज सेवालाई निरन्तरता दिएका समाजसेवी जसको कथा बस्तुले अन्यको लागि पनि एक जोस र सामाजिक कार्यप्रति थप प्रेणा र उर्जा मिल्ने छ ।चितवन टाँडीमा जन्मिएका युवा समाजसेवी क्षितिज बुढाथोकीले स्काई राईडर बोर्डिंगबाट एसएलसी उत्तीर्ण गरेका थिए भने न्यु क्यापिटल कलेजबाट प्लस टूबाट विज्ञान विषय लिएर अध्ययन गरेका थिए । उक्त समयमा चितवन एफ एमसमेत कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उनले विभिन्न स्थानीय सामाजिक संस्थाहरुसँग आवद्ध रही ब्लड डोनेशन साथै वोमेन इम्पोवेरमेन्टका प्रोग्रामहरु सञ्चालन गरेका थिए ।साथ साथै हेबिटायत फर हुमानिटीको साथ २३ युवाहरुको साथ ४० घरहरुको निर्माण ७ दिनमा सम्पन्न गरेका थिए । चितवन लिओ क्लबमा लिओ चार्टर डिरेक्टरको पद सम्हालेर समाजसेवाको यात्रा सुरु गरेका बुढाथोकी, मिलनसार, सहयोगी र सिर्जनशील व्यक्तिको रुपमा चिनिने उनलाई नजिकबाट चिन्नेहरु बताउने गर्छन् ।अष्ट्रेलियामा नेपालमा रहेका चेपाङ प्रोटेक्सन सेन्टरको प्रतिनितिको रुपमा रहेका बुढाथोकीले स्थानीय समाजका अगुवाहरुसँग मिनि पाँच सय चेपाङ बस्तीमा, खाना, लत्ता कपडा र स्टेसनरीका समान वितरण गरेका थिए ।साथमा लिओ क्लब सिड्नी एसिया हिमालयका फाउन्डर प्रेसिडेन्ट, आई एन यस अष्ट्रेलियाका युथ कोर्डिनेटर, सिसाका २०१७२०१८ एन एस डब्लु अष्ट्रेलियाका कोर्डिनेटर रहेर समाज परिवर्तनमा लागेका २४ वर्षिय बुढाथोकी जस्तै थप युवाहरु मिलेर एक आपसमा सकेको सहयोग गर्दै जाने हो भने समाज परिवर्तन गरि समृद्ध बन्न समय लाग्ने छैन । हाल भिक्टोरिया युनिभर्सिटी अष्ट्रेलियामा अध्यनरत अन्तर्राष्ट्रिय विद्यार्थी बुढाथोकी अष्ट्रेलियामा वुमेन एम्पोवेरमेन्ट, युथ लिडशिप र मेन्टल हेल्थ सम्बन्धित् कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
सेन्ट जर्ज कम्युनिटी अष्ट्रेलियाबाट युथ एचुभमेन्ट अवार्ड्स २०१७ बाट सम्मानित भएका बुढाथोकी आगामी दिनमा विद्यार्थीहरुको मेनटालिटी क्लास इक्यानका पूर्व प्रेसिडेन्ट तथा जनरल सेक्रेटरी राजेन्द्र बरालसँग सहकार्य गर्दै कार्यक्रम गर्ने भएको जानकारी दिए ।उक्त कार्यको लागि एन आर एन अष्ट्रेलिया र इक्यानको राम्रो सहयोगको आशा गरेको र भविष्यमा अष्ट्रेलिया अध्यनरत तथा अध्ययन गर्न नेपालबाट अष्ट्रेलिया आउनु पूर्व जानकारी हुने भएकोले पछि सहज हुने कुरामा विश्वास लिएका छन् ।हाल युवा समाजसेवी क्षितिज बुढाथोकीले निजगढमा निर्माण हुन गइरहेको फिजिकल्ली चालेन्ज पिपलहरुको लागि भवनको नवराज तिमिल्सेनासँग सह कार्य गर्दै, ‘नट सिम्प्याथी बट वी राइज विथ अपर्चुनिटीनाराको साथ कार्य गर्दै साथमा उक्त संस्थाबाट कलाकारहरुको छनौट गरि च्यारिटीको लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा स्थान दिई, उक्त संस्थालाई साथ दिने योजना पनि रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस