नेकपाको पार्टी कार्यालय उद्दघाटन

सिंहलिला समाचार असोज २३ पाँचथर

लामो समय देखि नेपालमा बाम पन्थीहरुको एकता आश्यकता महसुस गरेको पार्टी एकिकरण भएकोले अब मुलुक समृद्धिको बाटो लागेको नेकपाका केन्दीय सदस्य डम्बरसिं सम्वाम्हाम्फेले बताउनु भएको छ । आज नेकपाको जिल्ला पार्टी कार्यालय उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सो धारणा राख्नु भएको हो । कार्यक्रमलाई  सम्बोधन गर्दै केन्द्रीय सदस्य सम्बाहाम्फेले कार्याकर्ताहरुलाई देश निर्माणका लागि लाग्न समेत आवहान गर्नु भएको छ । लामो समय सम्म पार्टी एकताका लागि छलफल बहस भएर देशलाई समुन्नत बनाउनका लागि समेत एकिकृत कम्युनिष्ट पार्टीको आवश्यकता रहेका आम नेपालीहरुले महसुस गरेकाले पनि यो सम्भव भएको धारणा राख्नु भयो । पार्टीलाई चुस्त दुरुस्त राख्नका लागि हामीले आजबाट एकै ठाउँमा कार्यालयका दैनिकी सम्पादन गर्ने केही दिन भित्रमा पार्टीको नेतृत्व तथा कमिटीहरुको सबै टुंगोलगाउने समेत दावी गर्नु भएको छ । कार्यक्रममा नेकपा नेता एवं पूर्व नेकपा माओवादी केन्द्रका इन्चाज हर्क बहादुर नेम्बाङले सबै कार्यकताहरुलाई इमान्दारीताका साथ पार्टीका काम नीतिहरुलाई कार्यान्वयन गर्न पर्ने धारणा राख्नु भएकोे थियो । कार्यक्रम नेकपाका नेता एवं पूर्व नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीको अध्क्षता र नेकपा नेता तथा पूर्व एमाले सचिव तिवेन्द्र राज चापागाईले संचालन गर्नु भएको थियो । नेकपाका कार्यकताहरुको बाक्लो उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस