फिदिमकी एक महिला आफ्नै भतिजोबाट बलात्कृत, हिलिहाङ र फाल्गुनन्दमा दुव्र्यवहार

सिहलिला समाचार

पाँचथरको फिदिम नगरपालिकाकी एक महिला भतिजो पर्ने युवकबाट बलात्कृत भएकी छन । फिदिम–१२ की २६ वर्षीया महिला आफ्नै जेठाजुको छोेराबाट बलात्कृत भएकी हुन ।गत शनिवार राती १९ वर्षीय भतिजोले मोवाइलमा रहेका फोटो देखाउने बहाना बनाई आफ्नै काकीलाई बलात्कार गरि फरार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई आइतवार पक्राउ गरि पाँचथर जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गत साउनयता मात्रै पाँचथरमा बलात्कारका ४ ओटा घट्ना भएका छन । प्रहरी, स्थानीय तह, नागरिक संघ संस्था लगायतले बलात्कारका घट्ना न्यूनिकरणको प्रयास गरिरहेपनि बलात्कार घट्ना भने झनै बढेका छन् । त्यस्तै गरेर, बलात्कार र बलात्कार प्रयासका घट्ना बढिरहेकै बेला पाँचथरमा दुई महिलामाथि दुव्र्यवहार भएको छ । दुव्र्यवहारमा सम्लग्नहरुलाई प्रहरीले पक्राउ गरि मुद्दा समेत चलाएको छ । पाँचथरको हिलिहाङ–५ सुभाङकी २८ वर्षीया महिलामाथि स्थानीय एक युवकले कुटपीट गरेका छन् । पीडितको उजुरीका आधारमा आरोपित स्थानीय २२ वर्षीय युवकलाई सोमवार नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पाँचथरबाट अभद्र व्यवहार मुद्दामा म्याद लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं. ६ की २५ वर्षीया महिलाको घरमा गई गाली गलौज गरेको भन्ने उजुरीका आधारमा आरोपित स्थानीय २३ वर्षीय युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय पाँचथरबाट अभद्र व्यवहार मुद्दामा म्याद लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस