फिदिम नगरपालिकाको तिन कार्यबिधि पारित

सिंहलिला समाचार
फिदिम नगरपालिकाको सोमबार देखि बसेको जारी बैठकले मंगलबरा तिन बटा कार्यविधि पास गरेको छ । नगरपालिकाले नगरप्रहरी व्यवस्थापन कार्यविधि २०७५, होमस्ट्रे संचालन कार्यविधि २०७५ पारित गरेको छ । नगरगपालिकाले फिदिम माविलाईप्राविधिक शिक्षालय खोलन अनुमति दिने निर्णय समेत गरेको छ । आर्थिक बर्ष २०७५÷०७६को विकास निर्माण सम्पन्न गर्न उपभोक्ता समिति गठन गर्ने समेत निर्णय गरेको छ । नगरपालिकाले सोमबार आर्थिक सहायता मापदण्ड तयार नर्पादा सम्मलाई आर्थिक सहयोग निर्णयकै भरमा दिने भएको छ । नगरपालिकाको सोमबार बसेको २० औ बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनु भएको छ । निर्णय अनुसार मान्यता प्राप्त अस्पतालले प्रमाणित गरेका दिर्घ रोगीहरुलाई १० हजार आर्थिक साहयता गर्ने भएको हो । खाडी मुलुकमा काम गर्न गएर रोजगारीका क्रममा मृत्यु भएमा विपन्न परिवारलाई समेत क्रिया खर्च स्वरुप २० हजार दिने नगरपालिकाले निर्णय गरेको छ ।
फिदिम नगरपालिका भित्रका २१ वटा विद्यालयलाई २४ जना स्वंयम सेवक शिक्षकको कोटा समेत निर्धारण गरेको नगरपालिकाका प्रवक्ता गुरुङले बताउनु भएको छ । नगरपालिकाले आफ्नो लोगो समेत बनाउने निर्णय गरेका जानकरी गुरुङले दिनु भएको छ । फिदिम माविको शनिवारे हटिया समेत थाङ्साङ खोलाको आसपासमा सार्नलाई हर्कबहादुर तामाङको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेका बताउनु भएको छ ।

 

प्रतिकृया दिनुहोस