रंगशाला निर्माणको लागि स्थानियद्वारा ५० रोपनी जग्गा निःशुल्क प्रदान

 सिंहलिला समचार 
पाँचथरको फिदिम नगरपालिका–५,चोकमागुमा  रंगशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।  रंगशला निर्माणको लागि ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयले फिदिम नगरपालिकालाई निःशुल्क प्रदान गरेका हुन् ।रंगशाला निर्माणको लागि अहिलेसम्म स्थानीय रामचन्द्र नेपालले १९ रोपनी ९ आना, विरेन्द्रकुमार लावतीले ३ रोपनी ९ आना, तुलाराम तामाङले ३ रोपनी ८ आना, सीतादेवी नेपालले २ रोपनी ८ आना, रोहितप्रसाद लुईंटेलले २ रोपनी र कमल नेपालले ८ आना जग्गा नगरपालिकाको नाममा पास गराइदिएका छन् ।बाँकी १९ रोपनी पनि एक हप्ताभित्रमा पास गराइदिने जग्गा उपलब्ध गराउने समितिका उप–संयोजक गगन लावतीले बताउनुभयो । नयाँ नमूना शहरको रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रंगशालाको अभाव खड्किएको हुनाले जग्गा दानको लागि स्थानीयहरु समिति नै बनाएर अघि वढेका हुन् । नगरपालिकाको नाममा सम्पूर्ण जग्गा पास भइकेपछि सम्बन्धित निकायबाट रंगशाला निर्माणको कार्य अघि बढ्नेमा  आफुहरु विश्वस्त रहेको  लावतीले बताउनुभयो । सम्पूर्ण जग्गा प्राप्त भइसकेपछि रंगशाला निर्माणको काम अघि बढ्न रंगशाला निर्माणको लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले बताउनुभयो ।रंगशाला निर्माणको लागि ९ देखि १९ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने भएकोले स्थानीयले प्रदान गरेको जग्गा रंगशाला निर्माणको लागि उपयुक्त भएको प्रजापतिको भनाई छ ।

 

प्रतिकृया दिनुहोस