५० वर्षसम्म कम्युनिष्ट बाहेक कसैको राज हुन सक्दैन्ः मन्त्री घिमिरे

सिंहलिला समाचार
पाँचथर, १० असोज
प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले अब ५० औं वर्ष सम्म कम्युनिष्ट बाहेक अरु कसैले राज गर्न नसक्ने बताउनु भएको छ । ताप्लेजुङको कार्यक्रम सकि पाँचथर आइपुगेका मन्त्री घिमिरेले जिल्ला स्वास्थ्य कार्यालयको अवलोकन  समेत गर्नु भएको छ । अस्पताल अनुगमन पछि पार्टी कार्यकर्ताहरु संग भेटघाटमा त्यस्तो बताउनु भएको हो । उहाँले काग्रेसले प्रदेश सरकार र संघिय सरकारमा पनि कम्युनिष्ट मात्र देखेकोले उसलाई छटपटाहट भएको दावी गर्नुभएको छ ।
कांग्रेस अव तँ छैनस कि म छैन भन्ने स्थ्तििमा पुगेको भन्दै सरकारका विरुद्धमा षड्यन्त्र रच्न थालेको बताउनु भएको छ । उहाँले कांग्रेस सदाका लागि सकिएकोले कम्युनिष्ट पार्टी एक भएर लाग्नुपर्नेसमेत बताउनु भएको छ । उहाँले नेपाली कम्युनिष्टहरुको जनमतलार्ई संगठित रुपले अगाडि बढाउन सके ५० वर्ष सम्म कम्युनिष्टकै सरकारलाई कसैले हल्लाउन नसक्ने दावी समेत गर्नुभयो । उहाँले नेपाली कांग्रेस छटपटिएर सरकारको काम कार्वाहि बारे सय दिन सम्म पर्खिनु पर्ने तर, कांग्रेसले सय दिन समेत नपर्खीएर सरकारका विरुद्ध कृयाकलाप गरेको उहाँको भनाई छ ।
प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुले केन्द्रीय सरकार प्रति आक्रोस ब्यक्त गरिरहेका बेला मन्त्री घिमिरेले बचाउ गर्नु भएको छ । सरकार संचालनका लागि ऐन कानुन बनाएर लागु गर्ने जिम्मेवारी समेत भएकाले तिनको व्यस्थापनमा केही ढिलो भएको हुन सक्ने संघिय सरकारले काम गरी रहेको दावी गर्नु भएको छ । मन्त्री घिमिरेले फरक प्रसंगमा दशै अगाडी नै प्रदेशका सम्पुर्ण संचनाहरु निर्माण गरिसक्ने दावी गर्नुभएको छ ।
अहिले नेकपा एकिकरणको प्रकृयामा भएको बेला काग्रेसको लागि मैदान खाली भएको घिमिरेको भनाई छ । काग्रेसले गोविन्द केसी लगायतका मागहरुबोकेर हिडिरहेको बताउनु भयो । मैदान खालि हुदाँ समेत कांग्रेसले कुनै त्रुटी नभेटाएको बताउनु भएको छ । उहाँले कांग्रेसलाई अहिले प्रतिबाद समेत गर्ने स्थिति नभएकोले यो स्थिति धेरै नलम्बिने उहाँको भनाई छ । पार्टी पार्टी तलदेखि माथी सम्म केहि समयमा तन्दुरस्त हुने र कम्युनिष्ट कार्यकर्ता बाहिर निस्किएपछि कांग्रेस आफै टुङ्गो लाग्ने बताउनु भयो । कार्यक्रममा ताप्लेजुङका प्रदेश सभाका साँसद टंक आङबुहाङ, बलबहादुर साम्सुहाङ, होमकुमारी साँवा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपाका नेता राजकुमार भण्डारीको अध्यक्षतामा मेदनी खत्रीले स्वागत मन्तव्य र धनकुमार फियाकले संचालन गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस