नेपाल प्रेस यूनियन पाँचथरको अध्यक्ष आलो पालोमा बास्कोटा र भण्डारी

सिंहलिला समाचार 
फिदिम 
नेपाल प्रेस यूनियन पाँचथरको ५ औ अधिवेशन बाट भिम कुमार बास्कोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । यस्तै नवगठित समितीको उपाध्यक्षमा नरेन्द्र रिमाल,राधा लुइटेल,सचिव सरोज शर्मा,सहसचिव ममता रिजाल तथा कोषाध्यक्षमा विष्णु अधिकारी रहनु भएको छ । यस्तै समितीका सदस्यहरुमा दिपक बोहोरा,कमल घिमिरे,कृष्ण भट्टराई,भावना दुलाल,चन्द्रकला नेम्बाङ,रमेश गुरुङ,डिल्लीहाङ नेम्बाङ,रविन थापा रहेका छन् । 
यस्तै केन्द्रिय प्रतिनिधीमा लवदेव ढुंगाना,विपेन्द्र गौतम,जितेन्द्र भण्डारी,एकराज भण्डारी,गिरीराज बास्कोटा,बिमला ढकाल,चन्द्र कुमार आङदेम्बे,आशा जवेगु रहनु भएको छ ।

यस्तै प्रदेश प्रतिनिधीमा लक्ष्मी गौतम,खविन लुइटेल,राम प्रसाद बाँसकोटा,केशव भण्डारी,नरेन्द्र शेर्मा,राजन रम्तेल,सिता वूढाथोकी,शारदा आङदेम्बे,सरला रेग्मी,अन्जु नेपाली,सँगिता सुहाङ,लक्ष्मण गजुरेल रहनु भएको छ । यस्तै सल्लाहकार समितीमा विपेन्द्र गौतम,लक्ष्मी गौतम र जितेन्द्र भण्डारी रहनु भएको छ । यस्तै ४ वर्षको अवधि रहेको यस कार्यकालमा अध्यक्ष पदमा भने विधानत २ वर्षपछि आलोपालो गर्नुपर्ने सहमति भएको छ । जसमा अहिले केन्द्रिय प्रतिनिधी भएका जितेन्द्र भण्डारीलाई २ वर्षपछि अध्यक्ष पद हस्तान्तरण गर्नुपर्ने सहमति भएको निर्वाचन अधिकृत चन्दन रेग्मीले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस