संविधान दिवसको अवसरमा हिलिहाङमा घरको चाबी हस्तान्तरण

तस्वीर सुवास भट्टराई

सिंहलिला समाचार, पाँचथर असोज ४
संविधान दिवसको अवसरमा हिलिहाङ गाउँपालिका र वडा नं ३ को साझेदारीमा निर्माण गरिएको घरको चाबी स्थानिय विर्खबहादुर योङहाङलाई हस्तान्तरण गरेको छ । पालिकाले आर्थिक अवस्था कम्जोर भएका परिवारलाई सहयोग गर्ने नीति अनुरुप घर हस्तान्तरण गरीएको जनाएको छ । श्रावण २९ गतेको अविरल बर्षा पछि आएको पहिरोले घर भत्काए पछि विपद व्यवस्थापन अन्तरर्गत गाउँपालिकाको आर्थिक सहयोग र वडा नं.३ को संयोजनमा उक्त घर निर्माण गरिएको हो । घर निर्माणका लागि गाउँपालिकाले रु. ६० हजार अनुदान दिएको छ भने वडा नं. ३ ले बाँकी जनश्रमदान र आर्थिक संकलन गरी १ लाख २० हजार बराबरको लगानीमा सो घर निर्माण गरिएको  वडा नं. ३ का वडा अध्यक्ष मदन गौतमले बताउनु भएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएको घरको मर्मत सम्मार गर्न समेत नसक्ने आर्थिक अवस्था भएकाले पालिकाले आर्थिक सहयोग र वडा कार्यालयले अन्य सम्योजन गरेको वडा अध्यक्ष गौतमले बताउनु भएको छ । योङहाङ परिवार   श्रम गरेर दैनिक गुजारा चलाउनु पर्ने गत साउनको बर्षात पछि आएको पहिरोले घर भत्काए पछि निर्माण समेत गर्न नसक्ने अवस्थामा रहेको  अध्यक्ष गौतमले बताउनु भयो ।
घरमा दैनिक उपभोग्य सामान पनि नरहेको कारणले गर्दा वडा कार्यलयको सहयोगमा राहत स्वरुप एकबोरा चामल समेत उपलब्ध गराएको वडा अध्यक्ष गौतमले जानकारी दिनुभयो । सो परिवारकी छोरी खुशी योङहाङलाई बिद्यालय भर्ना अभियान अन्र्तगत वडा अध्यक्ष गौतमले अभिभावकत्व ग्रहण गर्नु भएको छ । उनलाई शैक्षिक सामाग्री तथा पठन पाठनका लागी आवश्यक सामाग्री साथै लताकपडाको समेत व्यवस्था वडाध्यक्षले गर्नु भएको छ ।
संविधान दिवसको अवसरमा बोल्ःनु हुदै गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेनले भन्नुभयो बिपत व्यवस्थापन अन्र्तगत पालिका र वडाको सहयोगमा वडा नं ३ ले घर बनाएर राम्रो काम गरेको छ । सबैको साथ र सहयोगले समृद्ध हिलिहाङ सुखी हिलिहाङ बासी भन्ने नाराले सार्थकता पाउने बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै अध्यक्ष लिङदेनले गाउँको अत्यन्त विपन्न परिवारलाई सहयोग गर्दै जाने पालिकाको रहेको नीति  रहेको जानकारी दिनु भयो । संविधानले घरवार बिहिन नागरिकहरुलाई सरकारले घर बनाइदिने कार्यक्रम अगाडी सारेको अवस्थामा हिलिहाङ गाउँपालिका वडा नं ३ का वडा हामीले प्रारम्भ गरेका छौं अध्यक्ष लिङदेनले बताउनु भयो । कार्यक्रममा नेकपाका हिलिहाङका नेता द्धय प्रल्हद खरेल, राजन खतिवडा, नेपाली काँग्रेस क्षेत्रिय सभापति समरबहादुर अधिकारी, हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविन दाहाल, वडा नं. १ का वडा अध्यक्ष गोपीकृष्ण भण्डारी, वडा नं. २ का वडा अध्यक्ष भीम हेम्ब्या, वडा नं ३ का वडा अध्यक्ष मदन गौतम, वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर यवा, वडा नं. ७ का कार्यवहाक वडा अध्यक्ष सुुनमान तामाङ लगायतका बक्ताहरुले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा पालिकाका कर्मचारी, बिद्यालयका प्रधानाध्यापक, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । पालिकाले हिलिहाङ क्षेत्रका मुख्य बजारहरु सरसफाइ गर्नुका साथै हिलिहाङको गोपेटार बजारमा प्रभात फेरी पछि कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम पालिकाका योजना शाखा प्रमुख देबेन्द्र कटुवालले संचालन गर्नु भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस