अस्ट्रेलियन एजुकेशन फेयर,२०१८ आज अन्तिम दिन

भदौ ९, 

बिहीबार देखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ ।  बिहीबार देखि शुरु भएको एजुकेशन फेयरको आज यसको अन्तिम दिन हो ।  एजुकेशन फेयरमा शुक्रबारसम्म २ हजार भन्दा बढीको सहभागिता रहेको थियो । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स ९एका० ले होटल अन्नपुर्णमा आयोजना गरेको फेयरको अष्ट्रेलियन एम्बास्डर पिटर वर्डले उद्घाटन गरेका थिए ।

कार्यक्रममा ‘एका’ का अध्यक्ष निरज श्रेष्ठ, काठमाडौं  विश्वबिद्यालयका पूर्व उपकुलपति, नेपाल अष्ट्रेलियन एलुमिनी एसोसियसनका डा. दामोदर पोखरेल लगायतको सहभागीता थियो । शुक्रबार (दोस्रो) दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । विदेशमा उच्च शिक्ष अध्ययन गर्न चाहने विद्यार्थीले एजुकेशन फेयरमा उचित परामर्श लिन सक्नेछन् । (रातोपाटी  बाट)

प्रतिकृया दिनुहोस