Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
झापाका सुनचाँदी व्यवसायीको हत्या

सिंहलिला समाचार २८ फाल्गुन
सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । उनी फागुन २० गतेदेखि बेपत्ता थिए ।

मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा सोमवार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भेटिएको हो । विर्तामोड प्रहरीले पनि घटनाको पुष्टि गरेको छ । मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा हालेर फालिएको अवस्थामा उनको शव फेला परेको हो ।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिनुभयो । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै घरबाट बाहिरिएका थिए । मुखियाको शव प्रकृति मुचुल्का पछि पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives