Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
देश र जनताको अहितमा कुनै काम गर्दिनः प्रमओली

सिंहलिला समाचार
काठमाण्डौ,२५ फागुन, प्रधानमन्त्री केपीशर्मा ओलीले देश र जनताको अहितहुने कुनै पनि काम नगर्ने बताउनु भएको छ ।
देश भक्त जन गणतान्त्रिक मोर्चाको ज्ञापन पत्र आज बालुवाटार माग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय,देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताउनुभयो । सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ । प्रधानमन्त्री ओलीले भन्नुभयो भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारकाप्राथमिकताहुन् ।
सामाजिक विद्वेश भड्काउने,घृणाको खेतीगर्ने,द्वन्द्वको मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेतीगर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । नेपाल कसैको खेल मैदान होइन प्रधानमन्त्री ओलीले भन्नुभयो  अब यहाँ सद्ध्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।
प्रधानमन्त्री ओलीले यस पालीको निर्वाचनमा जनताले स्थीरता र स्थायीत्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभएको छ । ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देश भक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives