Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
नेकपा एमालेले प्रदेश क्षेत्र नं. १ को योजना बनायो


 सिंहलिला समाचार फाल्गुन २४,
पाँचथर प्रदेश सभा क को ३२ वटै वडाको बिकास निमार्णका बारे आज नेकपा एमाले पाँचथरले छलफल गरेका योजना छनोट गरेको छ ।
पाँचथर क वाट प्रदेश सभामा निर्वाचित सांसद गणेशकुमार काम्बाङको उपस्थितिमा सो कार्य योजना तयार पारिएको हो । कार्यक्रममा नेकपा एमालेको तर्फबाट निर्वाचित वडा अध्यक्ष, पालिकाका अध्यक्ष, पार्टीका वडा कमिटी संयोजक पालिका कमिटी संयोजकको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सांसद काम्बाङले सबै तह तप्का मिले मात्र विकास सम्भव भएकोले विपक्षी दलले समेत प्रतिपक्षिको राम्रो भूमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ । गोष्ठीमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्षले विकासका काममा सबै जननिर्वाचित प्रतिनिधिहरु सचेत हुनु पर्ने जोड दिनु भएको छ । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं याङवरक गाउ पालिकाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives