Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
हिलिहाङ गाउँपालिकामा ब्यक्तिगत अनलाइन घटना दर्ता शुरु

सिंहलिला समाचार, फागुन २२,

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ४ मा आइतबारबाट  ब्यक्तिगत अनलाइन घटना दर्ता शुरु भएको छ ।
स्थानिय भूमि प्रसाद रिजालको ३ बर्षिय छोरा समिर रिजाललाई प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेडाईले जन्मदर्ताको प्रमाणपत्र दिएर ब्यक्तिगत अनलाईन घटना दर्ताको औपचारीक रुपमा प्रारम्भगर्नु भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेडाई तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बूले कर्मचारीको अभाव, चैत्र महिना भित्रमा गाउँपालिकालाई  ब्यक्तिगत अनलाइन घटना दर्ताको घोषणा गरिने बताउनुभयो ।
हिलिहाङ गाउँपालिकाको वडा नम्बर ३,४,५ र ६ वडामा इन्टरनेटको पहुँच पुगिसकेको छ भने बाँकी १,२ र ७ नम्बर वडामा पनि चाँडै सौर्य उर्जा र इन्टरनेटको पहुँच पुर्याएर ब्यक्तिगत अनलाईन घटना दर्ता थालिने गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकारी देबेन्द्र कटुवालले बताउनुभयो ।
हिलिहाङ वडा नम्बर ४ का वडा अध्यक्ष श्री प्रसाद सिगुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना प्रविधि अधिकृत रविन शिवाकोटी, लेखा प्रमुख सुबास भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives