Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
उद्योमशिल्ता तालिम सम्पन्न

 सिंहलिला समाचार फाल्गुन २१,
घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा १० दिने उद्योमशिलता विकास तालिम आइतबार कुम्मायक १ यासोकको जनभवनमा सम्पन्न भएको छ ।
तालिममा कुम्मायक गाउपालिकाका २६ जना सहभागिरहेका थिए । उक्त तालिममा उध्योग गर्नु अघि आफुले संचालन गर्ने उद्योग कसरी छान्ने । आफु संग प्रयाप्त लगानी छ कि छैन भन्ने जस्ता बिषयमा जानकारी प्राप्त भएको सहभागिहरुले जनाएका थिए । कार्यक्रम कुम्मायक गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले प्रमुख आतिथ्यताको आसनबाट सहभागिहरुलाई कुम्मायकको विकासका लागि आफुले सिकेको शिपलाई ब्यावहारमा उतार्न अनुरोध गर्दै गाउपालिकाले सधै सहयोग गर्ने बताउनु भयो । समापन कार्यक्रम कुम्मायक गाउपालिकाका  प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भट्टराई, कुम्मायक गाउ पालिकाका कार्यकारीणी सदस्य इन्द्र नेपाली, पत्रकार महासंघका सचिव तुलसी क्षितिज, यासोक उद्योग बाणिज्य संघका अध्यक्ष मेघराज निरौला, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुन्य सेढाइ, पत्रकार रमेश थापा लगायतले आआफ्नो धारणा राख्नु भएको थियो । सहभागीको तर्फबाट सन्तोष नेपाली, शिला शेर्मा राईले आफुले सिकेको सिप ब्यावहारमा उतार्ने बताउनु भयो कार्यक्रम घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत इश्वरी अधिकारीके अध्यक्षतामा सम्पन्न भयो भने तालिमको सहजिकरण नारायण सुवेदीले गर्नु भएको थियो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives