Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
देश
तुम्बापो समाज सेवा संघको तेस्रो केन्द्रीय महाधिवेशन सम्पन्न

सिंहलिला समाचार, फागुन २१ ,
तुम्बापो समाज सेवा संघको तेस्रो केन्द्रीय महाधिवेशन धनराज तुम्बापोको अध्यक्षतामा २४ सदस्य नयाँ कार्य समिति निर्बा्िचत गर्दै सम्पन्न भएको छ । तुम्बापोहरुको ऐतिहासिक स्थल पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुमा फागुन १८ गतेदेखि महाधिवेशन सुरु भएको थियो ।सम्पन्न अधिवेशनको बन्द सत्रले धनराज तुम्बापोलाई सर्वसम्मत अध्यक्ष निर्वा्चित गरेको हो । समितिको उपाध्यक्षमा अग्नी प्रसाद तुम्बापो, शेर बहादुर तुम्बापो, फुलमाया तुम्बापो, टिकाराम तुम्बापो, पदम बहादुर तुम्बापो, खिलमान तुम्बापो, महासचिव सुवाश तुम्बापो, उपमहासचिव श्याम नयन तुम्बापो, सचिवहरुमा भरत तुम्बापो, टिका तुम्बापो, श्रीप्रसाद तुम्बापो, कबिन्द्र तुम्बापो, नरेन्द्र तुम्बापो र कोषाध्यक्ष नवीनचन्द्र तुम्बापो निर्वा्चित भएका छन  । संघको केही सदस्य भने मनोनित गरिने नव निर्वा्चित महासचिव सुवाश तुम्बापोले बताए ।प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरेको सो अधिवेसबाट तुम्बापो समाज सेवाका संस्थापन सदस्य, विभिन्न विद्याका उकृष्ट २५ जना तुम्बापोहरुको सम्मान समेत गरीएको थियो । अधिवेशनमा नेपालका विभिन्न जिल्ला शाखा र प्रवाश शाखा गरी पाँच सय जना प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives