Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
दुई लाख नेपाली महिला भारतको यौन शोषणको सिकार बन्दै

सिहलिला समाचार हेटौँडा
 नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले दुई लाख नेपाली महिला तथा बालिका यौन शोषणको सिकार भएको जनाएको छ ।

माइती नेपालले बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् । प्रत्येक दिन असुरक्षित रूपमा भारत जाँदै गरेको अवस्थामा माइती नेपालले पाँचदेखि सातजनाको उद्धार गर्दै आएको छ ।

२५औँ वार्षिक उत्सवका अवसरमा सञ्चालन गरिएको मेची–महाकाली जनचेतनामूलक अभियानको माइती नेपालले बुधबार हेटौँडामा समापन गरेको छ । त्यसक्रममा आयोजित कार्यक्रममा माइती नेपालले विश्वमा हाल २५ लाखभन्दा बढी मानिस बाध्यात्मक वेश्यावृत्तिजन्य यौन शोषणको सिकार भइरहेको जनाएको छ । नयाँ पत्रिकाबाट
 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives