Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
पाँचथरमा गाडी दुर्घटनामा एकको मुत्यु, दश घाइते

पाँचथर, फागुन १७ – पाँचथरमा बिहीबार छुट्टाछुटै स्थानमा भएको गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि १० जना घाइते भएका छन् ।
फालेलुङ गाउँपालिका–३ स्थित मछेबुङमा मे १ त १९७५ नम्बरको ट्रयाक्टरको डालीबाट खसेर फिदिम नगरपालिका–५ का १४ वर्षीय सहिल तुम्बापोको ज्यान गएको हो । डालीबाट खसेका तुम्बापोको घटनास्थलमै ज्यान गएको पाँचथर प्रहरीले जनाएको छ ।

यस्तै शिवगंगामा को १ ज २९१७ नम्बरको टयाक्सी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको छ भने अन्य ९ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा फिदिम–९ का ५२ वर्षीय नरेन्द्र घिमिरे गम्भीर घाइते हुनुभएको छ । उहाँको पाँचथर अस्पतालमा उपचार हुन नसकेर अन्यत्र रेफर गरिएको छ ।

घाइतेमध्ये दुई जनाको पाँचथर अस्पतालमा र सात जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बिहान ११ बजे मेमेङबाट १० जना यात्रु लिएर सदरमुकाम फिदिमतर्फ आउँदै गरेको टयाक्सी सडकबाट१ सय मिटर तल खसेको प्रहरीले जनाएको छ  ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives