Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
देश
हातिपाइले रोग बिरुद्ध शनिवार देखि औषधी खुवाइने

सिंहलिला समाचा पाँचथर
पाँचथरमा राष्ट्रिय हात्तिपाइले रोग विरुद्दको औषधी आगामी फागुन १२ गतेदेखि वितरण गरिँने भ भएको छ ।

आगामी फागुन १२ गतेदेखि  १४ गते सम्म  तिन दिन पाँचथरका सवै गाउँपालिका र नगरपालिकाका नागरिकलाई औषधी वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । औषधी वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकाय सित स्वास्थ्य कार्यालयले छलफल, गोष्ठी र अन्र्त्क्रियाको कार्यक्रमलाई ब्यापकता दिएको यस कार्यक्रमका फोकल पर्सन उमेश मेहताले जानकारी दिनुभयो ।जसअन्तरगत आज जिल्लाका संचारकर्मिहरुसँग गोष्ठी संचालन गरेको थियो । यो औषधी वितरण सातौ चरण अन्र्तगत वितरण गर्न लागिएको हो ।

सरकारले नेपाललाई आगामी सन् २०२० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य राखेको छ ।पाँचथरमा १ लाख ७१ हजार १ सय ५२ जनालाई औसधि खुवाउने लक्ष राखिएको कार्यक्रममा जानकारि गराइएको छ ।औसधि खुवाउन १ हजार ३ सय ६७ कर्मचारि परिचालन गरिएको बताइएको छ । औसधि २ बर्ष मुनिका बालबालिका र ७० बर्ष माथिका बृद्घ बृद्घाहरुले सेवन गर्न नहुने र औसधिले कुनै असर नगर्ने कार्यक्रममा जानकारि गराइएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives