Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
उद्यमशिलता विकास तालिम सम्पन्न , उद्यमीवन्ने प्रतिवद्धता

सिंहलिला समाचार पाँचथर , फागुन १०
पाँचथर घरेलुले फिदिम नगरपालिका स्तरिय ४० जना उद्यमीहरुलाइ सिप विकास तालिम दिएको छ । दश दिने तालिममा १५ जना दलितमहिलासहित ४० जना सहभागी रहेका नव र कम व्यवसाय संचालन गरेका उद्यमीहरुको सहभागिता रहेको प्रशिक्षक नारायण सुवेदीले जनाए । सहभागीहरुले उद्यमी बन्ने प्रतिबद्धता समेत  जनाएका थिए । बिहिबारभएको समापन समारोह सहभागिहरुलाइ नेपाल सरकार उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विकास समिति शाखा पाँचथरले तालिमको आयोजना गरेको हो ।
उद्यमिहरुलाई उत्पादन को उदेश्यका विषयमा घरेलुका वरिष्ठ उद्ययोग अधिकृत इस्वरीप्रसाद अधिकारीले  प्रष्टयाएउनु भएको थियो । सफलताका साथ उद्यम व्यवसाय संचालन गर्न सक्ने उद्यमी, व्यवसायी तयार गर्न सहयोग गर्ने , आफ्नो क्षमता र व्यवसायको अवस्थाको अवस्था पहिचान गरि उपयुक्त व्यवसाय छनौट गर्न सहयोग गर्ने , शुसूप्त अवस्थामा रहेको उद्यमशिल व्यक्तित्व विकास गरि लघु घरेलु तथा साना उद्योग व्यवसाय संचालन गर्न सरिक गराउने ,वेरोजगार जनतालाई स्थानीय स्तरमा नै रोजगारीको अवस्था श्रृजना गर्ने , स्थानिय श्रोत साधन र सीपको प्रयोगमा आधारित व्यवसाय संचालन गरी आत्मनिर्भरता बढाइ स्वरोजगार हुन प्रेरित गर्ने उदेश्य रहेको बारे बरिष्ठ उद्ययोग अधिकृत इस्वरी प्रसाद अधिकारीले जानकारी गराउनु भएको थियो । नव उद्यमीहरुलाइ सिप सिकेर उद्योगी बन्न  नगरपालिकाले भुमिका निभाउने नगर पालिका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले  धारणा राख्नु भएको थियो। कार्यक्रममा पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्लेले उद्योगले जिवन स्तर उकास्ने र उद्योगलाई ध्यान दिन अनुरोध समेत गर्नु भएको थियो । सहभागिहरुलाइ विष्णु माया सिगु र नारायण सुवेदीले प्रशिक्षण दिनु भएको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives