Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
ब्यबसाय सचेतना तथा शुरु सम्बन्धी तालिम सम्पन्न

सिंहलिला समाचार पाँचथर
घरेलु तथा साना उद्योग समितिको सहयोगमा आयोजित समुहमा ब्यवसाय शुरु तथा सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रम  फिदिम नगरपालिका वडा न १३ र १४ मा घरेलु तथा साना उद्योग बिकास समिति पाचथरको सहयोग तथा एक्टिभ नेपालको आयोजनामा गरिबी निबरणका लागि लघु उद्यम बिकास कार्यक्रम ९मेड्पा० अन्तर्गत छनोट भएका ४५ जना सम्भावित उद्यमी हरुलाई २ समुहमा ब्यबसाय शुरु, सचेतना तथा लैंग्गिक समावेशीकरण सम्बन्धि आठ दिने तालिम सम्पन्न भएको छ  ।
  तालिमबाट विभिन्न प्रकारका उद्यमहरू  छनौट भएका छन् । ब्यबसाय सचेतना तथा शुरु तालिम सम्पन्न छनौट भएका सम्भावित लघु उद्यमीहरुका लागि कार्यक्रमले तत्काल लामो, मध्यम र छोटो प्रकृतिको तालिमहरु स्थानीय स्तरमा संचालन गर्नेछ । माघ २४ देखि फागुन ४ गते सम्म संचालन भएको तालिममा लघु उद्यम बिकास कार्यक्रमको बिधि प्रयोग गरि बार्षिक आम्दानि ३३०३४ भन्दा कम भएका व्यक्तिहरुलाई स्थानिय जनप्रतिनिधिहरुको सहयोगमा  सम्भावित लघु उद्यमीहरुको रुपमा  छनौट गरि तालिममा सहभागी गराइएको सस्थाका कार्यक्रम निर्देशक सुमन कार्कीले बताए ।
    आर्थिक बर्ष ०७४्र ०७५ को अन्त्य सम्ममा जिल्लाका फिदिम नगरपालिका, फालेलुंग गाउपालिका र फाल्गुनन्द गाउपालिका बाट १२० जना लघु उद्यमी हरु सृजना गर्न शिप बिकास तालिम,  लघु बित्तामा पहुच, बजार पहुच र प्रबिधिमा कार्यक्रमले सहयोग गर्ने जिल्ला कार्यक्रम सयोजक मेदिनी लावतीले बताए । सन् १९९८ बाट शुरु भएको लघु ऊद्यम बिकास कार्यक्रम ९मेडेप० नेपाल सरकारले आर्थिक वर्ष ०६६ र०६७ देखि आन्तरिकिकरण गरि जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यलय मार्फत संचालन गर्दै आए पनि पाचथर जिल्लामा भने यसै आर्थिक वर्ष बाट गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम ९मेड्पा० को रुपमा संचालनमा आएको तथा लघु उद्यमीहरुलाई घरेलु तथा साना उद्योग कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा जिल्ला घरेलु तथा साना उद्योग बिकास समिति पाचथरका प्रमुख इश्वरी प्रसाद अधिकारिले जानकारी जानकारी दिनुभएको थियो  ।
 

Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives