Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
साहित्य
मोति जयन्तीमा झुम्यो फिदिम

सरोज शर्मा पाँचथर २ भदौ
सधै सधै एकै खालका राजनीतिक भाषण चलिरहने जिल्ला बिकाश समितिको सभाहल शुक्रबार अलि तातेको अनुभव फिदिमेलीले गरे । सन्दर्भ हो मोति जयन्ती को १ सय ४६ औ मोती जयन्तीको अवसरमा पाँचथर गजल मञ्चले अयोजना गरेको बिबिध कार्यक्रमको स्वाद संगै गजलका चुस्किहरुमा ¥याल काड्ने युवा समाथको रामै जमघट थियो ।
स्रष्टा सम्मान, पुस्तक बिमोचन, स्मृति पुरस्कारको घोषण एकसाथ एउटै कार्यक्रमबाट गरेर कार्यक्रमलाई ऐतिहासिक बनाउन आयोजकले गरेको मेहनतलाई सहभागी कसैले पनि आलोचा गर्न भ्याएनन । कार्यक्रमको थालनी गजल, बिच बिचमा गजल र समापनमा गजल त्यस्मा पनि बिशेष गरेर यौवनको उन्मादमा रुमलिएका माया प्रीतिका गजलले कसैलाई कार्यक्रम छोडेर जाने फुर्सदै दिएन । आयोजकको दावी अनुसार युवा समुहको त्यति ठुलो उपस्थिती त्यो पनि साहित्यिक कार्यक्रममा यसको आँकलन अबिसमरणिय छ । मञ्चका सदस्य समेत रहेका स्रष्टा खेम रिजालले “गजलका पारखिलाई स्वागत” भन्दै गाएको स्वागत गजलबाट नै सबैले कार्यक्रम कस्तो हुने रहेछ भन्ने हेक्का बुझिसकेका थिए । त्यसपछि आए गजल प्रश्तुतिका लागि भन्दै गणेश केरुङ हाङसेम उनले गजल हैन कबिता पो भन्दा भस्कीएका दर्शक एकछिनमा शान्त भए जव उनले “भर्जिन कबिता हो” बाट आफनो प्रश्तुति सुरु गरे ।
त्यपछि दर्शक दिर्घाले तालिलाई छोडे केही मौनता छायो कारण मञ्चका जिल्ला सचिव सन्देश सुब्बाले पाँचथरमा गजल कहिलेबाट सुरु भयो, पहिलो गजलकार को हुन जस्ता मनन योग्य तथ्यहरुलाई समेटेर कार्यपत्र प्रश्तुत गर्न थाले “गजल कर्ममा पाँचथर” शिर्षकको उनको कार्यपत्रमा पाँचथरमा ४० को दशकको उत्तरार्धबाट गजल लेखनको थालनी भएको हो भनिएको छ । कार्यपत्रमा पाँचथमा गजल गायन, कृतिगत उपस्थिति, बिभिन्न भाषमा गजल, प्रयोगमा गजल, सञ्चार माध्यममा गजल र संस्थागत बिकाश गरेर समग्र पाँचथरको गजल इतिहासलाई केलाएका छन । उनको कार्यपत्रले स्रष्टा चन्द्र पोख्रेल प्रभात पाँचथरका मात्रै नभएर पुर्वाञ्चलकै पहिलो प्रकाशित कृतिका गजलकार भएको दाबी गरेको छ । यसैगरी पाँचथरबाट बिभिन्न तरिकाबाट गजल लेखनको थालनि पनि भएको बताईएको छ । सवाल जवाफ, काफियै काफिया गजल, स्वतन्त्र शीर्षक गजल लगायतका प्रयोग देशमै पहिलो हो भनिएको छ ।
कार्यपत्रको प्रश्तुतिले अलि गलेको अनुभुति गरेका दर्षकलाई आयोजकले पुन ताजा बनाउने चेष्टा गर्यो अर्का स्रष्टा गिरिराज बाँस्कोटालाई स्टेजमा बोलाएर । बाँस्कोटाबाट दर्शकले चाहेजति मज्जा लिन सक्नेमा दुई मतै थिएन । यनले “तिमिलाई अंगालोमा टसाउनुमै मज्जा हुन्छ, ओठ माथि ओेठलाई टसाउनु नै मज्जा हुन्छ ” भन्दै गजल अघि बड्दा दर्शकको तालि निकै लोभलाग्दो थियो ।
उनको प्रश्तुति पश्चात एकसाथ तिन पुस्तकको बिमोचन गर्ने कार्यक्रम सुरु भयो । कार्यक्रममा राम अप्रियको ७८ ओटा गजल संग्रहित शुन्यता भित्रको चित्कार, बिनोद संकल्प राईको ५४ वटा गजल संग्रहीत झुपडी भित्रको सिर्जना र दिपक लुङगेली दिपको ८४ गीतहरु संग्रहीत केही फुलजस्तो केही जुन जस्तो गीतिसंग्रह एकसाथ बिमोचन गरीयो । कार्यक्रमका प्रमुख अतिथि नौलो साहित्यिक बिहान प्रतिष्ठानका अध्यक्ष राम उपाध्याय, निमित्त स्थानिय बिकास अधिकारी यादव चन्द्र गौतम र जिल्ला शिक्षा कार्यालयका नारायण निरौलाले एकसाथ तिन पुस्तकको बिमोचन गरेका थिए । कार्यक्रममा बिमोचित पुस्तकका लागि स्रष्टा सन्दिप झझल्को, खड्ग बोहोरा र एकराज भण्डारीले समिक्षा गरेका थिए ।
कार्यत्रममा पुस्तक बिमोनको माहोल सकिन नपाउँदै सुरु भयो स्रष्टाहरुको सम्मान । आयोजकले साहित्य क्षेत्रमा नया प्रयोगका लागि भन्दै स्रष्टा खोलाघरे साईलो, महत्वपुर्ण योगदान पु¥याएको भन्दै स्रष्टा पे्रम ओझा, पाँचथरकै पहिलो महिला गजलकार भन्दै स्रष्टा बन्दना खालिङ र गजलमा नया प्रयोग गरेको भन्दै स्रष्टा तिर्थकुमारी वाईवालाई सम्मान गरेको छ ।
सम्मान कार्यक्र सकिन नपाउँदै स्रष्टा गणेश साम्पाङ राई आफनो सिर्जना लिएर मञ्चमा पुगिहाले उनले प्रश्तुत गरेको “घरी घरी आउँछु तिम्रो घरमा पल्क्यो नभन” भन्ने गजलले पनि ठुलै तालिको मज्जा लियो । त्यसपछि कार्यक्रममा एकजना स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रम सुरु भयो , मोति जयन्तीकै अवसरमा स्वर्गिय आईतराज केरुङ स्मृति पुरस्कारबाट स्रष्टा मदन मुर्छना पुरस्कृत भए । गजल मञ्चका अध्यक्ष मधु आजित केरुङका स्वर्गिय पिता आईतराज केरुङको स्मृतिमा यसै बर्ष बाट प्रारम्भ भएको पुरस्कारको रासी एक हजार एक सय एघार रुपैया रहेको छ । पुरस्कृत स्रष्टाले आफनो गजलिय भाव ब्यक्त गर्दा गर्दै कार्यक्रममले उत्तरार्धको मोड लिसकेको थियो । त्यपछि पनि दुई दर्जन स्रष्टाले आफना रचना अटाउन भ्याए । आयोजकको भनाईमा २०६० सालमा भएको मोति जयन्ती पछिको गजल बिकाशकालागि निकै ठुलो उत्सव हो यो । यसलाई निरन्तरता दिन गजल प्रेमिको जिम्मा छोड्दै यस बर्षको मोति यन्तीको बिशेष कार्यक्रम बिस्राम गर्यो आयोजकले तर जानकारहरु भन्छन कार्यक्रम गर्नु ठुलो कुरा रहेन कार्यक्रमबाट जन्मिएका प्रतिभाहरुको रक्षा गर्न सक्नु चुनौतिको बिषय हो ।

 

Featured Programs
Photo Gallery
RJ Profile

LAXMAN GAJUREL

NEWS PRESENTER

DIPIKA LIMBU

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives