Date Wednesday, 2018 Apr 25
Studio Time 04:20:00 NST
News »
राजनीति
१ नं। प्रदेशको सभामुख उषाकला कि गणेश

विराटनगर । प्रदेश १ को प्रदेशसभा सभामुखमा एमालेबाट दुईजनाको दाबेदारी प्रस्तुत भएको छ । प्रदेशसभाको पहिलो बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने तालिका सार्वजनिक गरेपछि सभामुख को हुने भन्ने चर्चा विराटनगरमा शुरु भएको छ ।

एमालेको एकल बहुमत रहेको प्रदेश १ मा सभामुख एमालेले पाउने सहमति भइसकेको छ भने उपसभामुख माओवादीले पाउनेछ । सभामुखमा एमालेबाट गणेश काङवाङ र उषाकला राईको दाबेदारी प्रस्तुत भएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्रीका दाबेदार दुबै एमाले नेताहरु भीम आचार्य र शेरधन राईले काङवाङलाई नै सभामुख बनाउने आश्वासन दिएका छन् ।

पाँचथरबाट निर्वाचित प्रदेशसभा सदस्य काङवाङलाई सोमबारको पहिलो बैठकले सभामुख नभएका बेला बैठक सञ्चालन गर्ने सदस्यमासमेत चयन गरेको छ ।

उता खोटाङबाट समानुपातिक सदस्यमा निर्वाचित उषाकला राईले पनि सभामुखमा आफू दाबेदार रहेको बताएकी छन् ।

आफू ०६४ सालमै संविधानसभा सदस्य भइसकेको र कानुन विषयमै स्नातकोत्तर गरेको तथा प्राध्यापनको समेत अनुभव भएका कारण सभामुखको जिम्मेवारी सम्हाल्न सक्षम रहेको राईले अनलाइनखबरसँग बताइन् ।

स्रोतका अनुसार मुख्यमन्त्रीका दाबेदार दुबै एमाले नेताहरु भीम आचार्य र शेरधन राईले काङवाङलाई नै सभामुख बनाउने आश्वासन दिएका छन् ।

राईले भनिन् ‘म अनुभवी पनि हुँ । प्रदेश १ को मुख्यमन्त्री पुरुष हुने भएपछि महिलालाई सभामुख बनाउने अवसर आएको छ । सभामुख पदको गरिमा कायम गर्न म सक्षम छु । मेरा नाममा शेरधन कमरेड र भीम कमरेडको पनि आपत्ति छैन होला ।’

माओवादीले पुरुषलाई उपसभामुख अघि सारेमा आफू सभामुख बन्न सक्ने आँकलन एमाले नेतृ उषाकला राईको छ ।

संविधान अनुसार सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्छ । एमालेले पुरुष सभामुख बनाएमा माओवादीबाट उपसभामुख सरस्वती पोखरेल हुने सम्भावना छ ।

गणेश काङवाङ भने दुबैतिरको तानातानमा परेका छन् । शेरधन राई र भीम आचार्य दुवैले उनलाई आफूतिर तान्न सभामुखको आश्वासन दिएको स्रोतले बतायो ।

त्यसो त सभामुखका लागि एमालेबाट जगदीश कुसियतको पनि चर्चा चलेको छ । तर, कुसियतले भने सभामुख भन्दा पनि मन्त्री बन्ने चाहना राखेका छन्
ब्लाष्ट टाइम्सदैनिक बाट

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives