Date Wednesday, 2018 Apr 25
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रमको अभिमुखिकरण सम्पन्न

फिदिम, ८ माघ । घरेलु तथा साना उद्योग बिकास समिती शाखा कार्यालय पाचथर र एक्टिभ नेपाल बिराटनगरको आयोजनामा जिल्लाको फालेलुङ गाउँ पालिकामा गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रमको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ ।
सो कार्यक्रममबाट फालेलुङ गाउँ पालिकाको वडा न ८ लाई आर्थिक बर्स ०७४र०७५ को लागि कार्य क्षेत्र निर्धारण गरिएकोछ । गाउँ पालिकाका अध्यक्ष सन्चमान केरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट सात सदस्य गाउँ लघु उध्यम बिकास समिती समेत गरिएकोछ ।

कार्यक्रम नेपाल सरकार र सयुक्त रास्ट्र सघिय बिकास कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा सन १९९८ देखि देशमा लागू भई पाचथर जिल्लामा भने यसै आर्थिक बर्स देखि शुरु भएको हो । लघु उद्यम बिकास कार्यक्रमलाई आर्थिक बर्स ०६६र०६७ देखि नेपाल सरकारले आन्तरिकिकरण गरि गरिबी निबारणका लागि लघु उध्यम बिकास कार्यक्रमको रुपमा अधिराज्य भरी यो कार्यक्रम सन्चालनमा आएकोछ ।

यसै चालू आर्थिक बर्स देखि पाचथर जिल्लाका तीन स्थानिय तहहरु ९ फिदिम नगरपालिका, फाल्गुनन्द गाउपालिका र फालेलुङ्ग गाउपालिका० मा सन्चालन हुने यो कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी बिराटनगर स्थित  एक्टिभ नेपालले पाएको घरेलु तथा साना उद्योग बिकास समिती शाझा कार्यलय पाचथर प्रमुख इस्वरी प्रसाद अधिकारिले बाताउनु भएकोछ । यसै आर्थिक बर्सको अन्त्य सम्ममा सामाजिक परिचालन, लघु उध्यम सिलता, सीप बिकास, लघु बित्तमा पहुच , प्रबिधिमा पहुच र बजारिकरण जस्ता महत्वपुर्ण चरणहरु पूरा गरि जिल्लामा १२० जना लघु उध्यमीहरु सिर्जना गर्ने लक्ष राखिएको जिल्ला कार्यक्रम सयोजक मेदिनी लावतिले जानकारी दिनुभएकोछ ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives