Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
राजनीति
प्रदेश राजधानीबारे चुपचाप पूर्वी पहाड

सिंहलिला समाचार पाँचथर
प्रदेश नं. १ को राजधानीको माग गर्दै विराटनगर, इटहरी, धरान र धनकुटामा आन्दोलन भइरहेका छन् । धनकुटामा प्रदेशको राजधानी माग्दै ७ दिन आमहड्ताल भयो । धरान, इटहरी र विराटनगरमा आन्दोलन र राजधानी निर्माणको अभियान चलिरहेको छ । धनकुटावासीले प्रधानमन्त्री निवास समेत घेर्न भ्याएका छन् ।धनकुटालाई लागेको छः विगतमा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय भएको धनकुटा भौगोलिक रुपमा प्रदेश नं. १ को विचमा रहेका कारण सबै प्रदेश नं. १ वासीलाई पायक पर्छ । प्रसस्तै सरकारी जमिन तथा सरकारी कार्यालयहरु समेत भएको धनकुटावासीलाई उच्च अदालत र प्रहरीको प्रदेश कार्यालय विराटनगर राखिएसँगै धनकुटालाई प्रदेशको राजधानी बनाइन्न भन्ने लागेको छ । यही कारण चिसो मौसममा धनकुटावासी तातेका छन् ।सुन्दर नगरी धरान आफूलाई प्रदेश १ कै ठूलो शहर बनाउन चाहन्छ । पर्यटकीय, साँस्कृतिक, धार्मिक संगम धरानलाई प्रदेशको राजधानी मार्फत फड्को मार्ने महत्वाकाङ्क्षा धरानवासीमा छ । पूर्वमा उदाँउदो शहर इटहरी प्रदेश राजधानी मार्फत विगतको अभाव मेट्न चाहन्छ । किनकी इटहरीमा विगतमा कुनैपनि महत्वपूर्ण क्षेत्रीय सरकारी कार्यालय थिएनन् ।विराटनगर आफूलाई नै प्रदेश ठान्छ । हुन पनि प्रदेश नं. १ को एकमात्रै महानगर विराटनगरको दम्भसँग धेरै आधार गाँसिएका छन् । धनकुटावाट क्रमशः सरकारी कार्यालय विगतमै विराटनगर झरे । जोगवनी नाकादेखि औद्योगिक कोरिडोरसम्म समेटेको विराटनगरलाई प्रदेशको राजधानी बनाउन प¥याप्त पूर्वाधार रहेको प्रदेशको अस्थायी मुकामबारे अध्ययन गर्न बनेको कार्यदलले निश्कर्ष निकालिदियो । यसबाट विराटनगरवासीलाई विराटनगर प्रादेशिक राजधानी भइसकेको भान परेको छ ।प्रदेश नं. १ को राजधानी बनाउने आकाङ्क्षा भोजपुरवासी, विराटचोक (मोरङ)वासी, दमक (झापा)वासीमा पनि नभएको होइन् । तर, प्रदेशको अस्थायी मुकाम वर्तमान सरकार तथा राजधानी प्रदेश सभाले तोक्ने हुँदा प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने यकिन छैन् । यदी यही सरकारले प्रदेशको अस्थायी मुकाम तोक्यो भने त्यो स्थायी राजधानी बन्ने सम्भावना अधिक छ ।किनकी कुनैपनि सरकारमा बस्नेहरु ‘क्षेत्रीय राजनीति’ गरेर प्रदेशको राजधानीका आकाङ्क्षी क्षेत्रको आफ्नो भोट घटाउन र विपक्षीलाई मसला दिन चाहँदैनन् । यदी प्रदेश सभाले प्रदेश नं. १ को राजधानी टुङ्ग्याउन पायो भने त्यो विषय एमालेको स्थायी कमिटीमा अनुमोदन हुनेछ । कारण प्रदेश नं. १ मा एमाले एक्लैको बहुमत छ ।राजधानीसँग उक्त स्थानका अनेकन सम्भावनाहरु हुन्छन् । यही भएर प्रदेश नं. १ मा ४ स्थानमा राजधानी माग्दै आन्दोलन चलिरहेका छन् । तर, प्रदेश नं. १ को राजधानी बनाउन अरु जिल्ला कस्सिएका बेला पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ भने यो विषयमा चुपचाप देखिन्छन् ।लाग्छः यो विषय यी जिल्लावासीलाई जानकारी नै छैन् । यहाँबाट निर्वा्चित सांसद्हरु काठमाण्डौँ हानिएका छन् भने जिल्ला नेताहरु आ–आफ्नै धुनमा व्यस्त छन् । प्रदेश राजधानीका विषयमा इलामलाई एउटा चिन्ता र चासो छ भने पाँचथर र ताप्लेजुङलाई अर्कै ।तमोर नदीको पेटै–पेट निर्माणाधीन उत्तर–दक्षिण तमोर करिडोर निर्माण सम्पन्न हुनासाथ ताप्लेजुङ र पाँचथरवासी बढीमा ४ घण्टामा विराटनगर नै पुग्न सक्छन् ।धनकुटा, धरान वा इटहरी जहाँ प्रदेश राजधानी भएपनि यी दुई जिल्लालाई कुनै घाटा हुँदैन् अझ बाटो छोटिन्छ । तर, यो करिडोर नबनेको भए विराटचोक वा इटहरीको पक्षमा यी जिल्ला उभिन सक्थे ।इलामले भने झापा फेरो मारेर मात्रै प्रदेश राजधानी पुग्न पाँउछ । वा उत्तर तिरको पाँचथरवाट तमोर करिडोरको बाटो हुँदै । इलामलाई प्रदेश राजधानी इटहरी, विराटचोक लगायत ठाँउ भए लाभ मिल्छ ।धनकुटा भइहाले इलामले धनकुटासम्म जोडिन पाँचथरको रवी वा ६ नं. बुधवारेबाट सदरमुकामसम्म द्रुत मार्ग निर्माण गरेर मात्रै छिटो पुग्न सक्छ ।यी तीनै जिल्लाको सामाजिक, पारिवारीक, आर्थिक क्रियाकलाप भने झापासँग सिधा जोडिएको छ । यहाँबाट बसाई सर्नेहरु मध्ये अधिक झापामा बसोवास गर्छन् ।
 

Featured Programs
Photo Gallery
RJ Profile

युबेन जबेगु

कार्यक्रम संयोजक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives