Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
रमाइलो मेलामा खुलेआम जुवा जन्य खेल नियमन गर्ने निकाय बाटो हेराहेर

सिंहलिला समाचार  (फिदिम) पाँचथरको फिदिममा आयोजित चासोक मेलामा कानुनी रुपमा प्रतिबन्धीत लक्की  सिक्स (डाइस) जुवा जन्य खेल खेलाइदा समेत प्रशासन मौन रहेको छ ।
 फिदिम नगरपालिकाले पौष २ गते रमाइलो मेला संचालन गर्नका लागि किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरलाई दिईएको अनुमतीमा समेत लक्की सेभेन रेस भनेर अनुमति दिए पनि आयोजकहरुले लक्की सिक्स खेलाइ रहेको छ । यस अघि जिल्ला प्रशासन कार्यालयले अनुमती तथा नियमन गर्ने गरे पनि स्थानिय तहको निर्वाचन पछि बजार अनुगमन तथा कार्यक्रम संचालनको अनुमती नगरपालिकाले दिने भएकाले सो जिल्ला प्रशासनले अनुगमन नगरेको बुझिएको छ । यस सन्धर्वमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवि खतिवडाका अनुसार नगरपालिकाले दिएको अनुमतिमा हामीले अनुगमन गरेका छौं रु ५० भन्दा बढीको कुनै पनि खेल संचालन नगर्न भनिए पनि धेरै गुनासोहरु आएकाले नगरपालिका संग छलफल गरेर त्यसलाई नियमन गरिने बताउनु भएको छ । नगरपालिकाले अनुमति दिदा नै जुवा जन्य खेलको अनुमति दिनुहुने थिएन । स्थानिय तहले आफ्नो क्षेत्राधिकारमा रहेर त्यसको नियमन समेत गर्नु पर्ने बताउनु भयो ।
रमाइलो मेला यसो इन्टरटेनमेन होस भनेर रु ५० सम्मको लक्कि सेभेन लगायतका खेलहरुको अनुमति दिएको तर अन्य खेलहरु समेत खेलाउन थालेको जनगुनासो आएकोले नियमन गरिने बताउनु हुन्छ फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी ।
नगरपालिकाले रमाइलो मेलाको अनुमति दिदा आफ्नो क्षेत्राधिकार भित्र परेपनि कानुनी रुपमा ब्रजित खेलहरुको समेत अनुमति दिएको जनगुनासो रहेको छ ।
    डाइसका गोटी लडाउने खेल कानुनी रुपमा नमिल्ने भए पनि नगरपालिकाले अनुमति दिएका कारण त्यसको नियमन गर्न नभनेसम्म आफु केही गर्न नसक्ने जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले बताउनु भयो ।
    प्रशासन र नगरपालिका विचको समन्वय नहुदा कानुनी रुपमा ब्रजित खेलहरुको अनुमति दिनुले नगरपालिको कार्यक्षमता प्रति प्रश्न उठाउने प्रसस्त ठाउहरु सृजना भएको देखिन्छ । यस्ता अबैध खेलबाट  जिल्लाको लाखौ रुपैया एक हप्तामा बाहिर जाने सम्भावना रहेको छ  ।
 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives