Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
फाल्गुनन्द गोल्डकप सुनसरी ११ सेमिफाइनल प्रवेश

महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा खेलाइँदै आएको  फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा  विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आइतवार भएको खेलमा सशस्त्र प्रहरी बल काठमाण्डौँलाई ३–० गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनल पुगेको हो ।सुनसरीका लागि हेमन्त थापा मगरले खेलको २७ औँ र ३५ औँ मिनेटमा गोल गरेका थिए । यस्तै दोश्रो हाफको पाचौँ मिनेटमा तिर्थ बस्नेतले गोल गर्दै सुनसरीको अग्रता फराकिलो पारे । निक्कै प्रतिस्पर्धात्मक खेलमा एपीएफले पाएका गोल गर्ने आधा दर्जन बढी मौका गुमाउँदा प्रतियोगितबाटै बाहिरिनु परेको हो ।आइतवारको खेलमो म्यान अफ दी म्याच सुनसरीका हेमन्त थापा मगर घोषित भए । प्रतियोगिता अन्तर्गत सोमवार आयोजक फिदिम स्पोर्टिङ क्लव र डिफेन्डिङ च्याम्पियन विर्मामोड युनाइटेड झापावीच प्रतिस्पर्धा हुनेछ । ।प्रतियोगितामा स्वदेशी तथा विदेशी गरि १० फुटवल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैँया प्राप्त गर्नेछन् ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

Message Board
Public Poll

Loading...

Program Archives