Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
सपना पुरा गर्ने योजना सुनाउदै माननियहरु

सिंहलिला समाचार  (फिदिम)
मंसिर १० अगाडी हामीले सपना देखायौं । तपाईहरुले विश्वास गर्नु भयो । अब सपना पुरा गर्न हामी लाग्नु छ । तपाईहरुले हालेको मतको सम्मान गर्न मात्रै होइन भविश्यमा मैले भोट हाले र यो देश समृद्धिको बाटोमा लम्कीयो गर्व गर्ने ठाउँ बनाउछौ प्रतिनिधि सभामा निर्वाचित भई सके पछि मतदातालाई आस्वस्त पार्दै हुनु हुन्थ्यो बसन्तकुमार नेम्बाङ  । पाँचथरका सबै क्षेत्रमा  निर्वाचित माननियहरु पुग्दा जनताहरु लाइन लागेर ज्ञापन पत्र बुझाउदै आफ्ना बाँकी सपनाहरु पुरा गरिदिने देव दुतको संज्ञा दिदै थिए कतै हामीलाई भुल्ने हुन्की गुनासो पोख्दै थिए  । पाँचथरको च्याङ्थापु देखि लिम्बा दुर्दिम्बा सम्म पुगेर सांसदहरुले अब पाँच बर्षमा जिल्लाको मुहार फेर्ने आफ्नो धोको रहेको प्रतिबद्धता दोहो¥याए । यस पटक दुबै निर्वाचन क्षेत्रबाट निर्वाचित र प्रतिनिधि सभाका सांसदको समेत उपस्थितिले जनताहरुमा थप आशा पलाएको नेकपा माओवादी जिल्ला इन्चार्ज हर्क नेम्बाङ बताउनु हुन्छ ।
पाँचथरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बसन्तकुमार नेम्बाङ, प्रदेश सभा क बाट निर्वाचित सांसद गणेशकुमार काम्बाङ पाँचथर ख बाट निर्वाचित साँसद शा इन्द्र बहादुर आङ्बो तिनै जना एउटै मञ्चबाट पाँचथरको समृद्धिको जिम्मेवारी अब बाम गठबन्धनले लिने बताउदा जनताका मनमा आशा पलाएको  छ । तिनै जना माननिय जिल्लाका सबै वडामा पुग्दा अब केही हुने भयो भन्ने लाग्न थालेको बताउनु हुन्छ हिलिहाङ गाउपालिकाका अध्यक्ष भवानी प्रसाद लिङदेन  । स्थानीय समस्याहरु विकास र समृद्धि हामीले नै गर्ने हो । हामीले नसक्ने काम प्रदेश र केन्द्रीय सरकारको भागमा जाने बताउनु हुन्छ लिङदेन ।
उता कुम्मायक गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ आफ्नो क्षेत्रका समस्याहरु सम्बोधन गर्न यसरी आग्रह गर्नु हुन्छ  खसुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिका अन्तर्गत पर्ने साविकका यासोक, स्याबरुम्बा र रानीगाँउ गाविसमा खानेपानीको व्यवस्था गर्न ५० करोड बढी लागतको तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । यसलाई निमार्णको जिम्मेवारी पाएको कम्पनीले पुरा गर्ला यहाको बसाइ सराई खाने पानीको समस्या समाधान गर्न तिनैवटा सरकार लाग्नु पर्ने धारणा राख्नु हुन्छ ।
जिल्लाको विकास र समृद्धिका लागि पाँचथरको आवाज सुन्ने नेताको खाँचो थियो अब पुरा हुनेमा आशा वादी रहेको बताउनु हुन्छ यासोक वजार ब्यवस्थापन समितिका अध्यक्ष मेघराज निरौला । जिल्लाको विकास निमार्णका लागि सधै जनप्रतिनिधिहरुलाई खबरदारी गरिरहन नागरिकहरुलाई आग्रह गर्नु हुन्छ नेकपा एमालेका अध्यक्ष राजकुमार भण्डारी । 
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives