Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
फाल्गुनन्द गोल्डकपमा विर्ता युनाइटेडको विजयी सुरुवात


 पौष ८ पाँचथर महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा खेलाइँदै आएको  फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विर्ता युनाइटेड क्लव झापाले विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा मिसन युनाइटेड क्लव ताप्लेजुङलाई ट्राई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै विर्ताले विजयी सुरुवात गरेको हो ।निर्धा्रित समय १–१ गोलको बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा विर्ताका लागि कर्ण लिम्बू, सुनिम मैनाली, विक्की चौधरी र दिलेन लोक्तामले गोल गरे । तर, ताप्लेजुङका विकेश लिम्बू र विकास राई मात्रै गोल गर्न सफल भए । ताप्लेजुङका तेञ्जिङ लामा र युवराज लिम्बूको प्रहार रोक्न विर्ताका गोल रक्षक सफल भएका थिए ।खेलको चौथो मिनेटमै आशिष चापागाँईले गोल गर्दै विर्ताको सुरुवाती अग्रता लिएका थिए । तर, ताप्लेजुङका खेलको १३ ओँ मिनेटमा विकेश लिम्बूले गोल गर्र्दै बराबरी गरेका थिए ।खेलको दोश्रो हाफमा विर्ताले ताप्लेजुङलाई दबावमा राख्न सफल भयो । उसका कर्ण लिम्बू, योगेश गुरुङ आशिष चापागाई, दिलेन लोक्ताम लगायत खेलाडीका उत्कृष्ट प्रहारहरु रोक्न ताप्लेजुङका गोल रक्षक सफल भएका थिए ।शनिवारको खेलको म्यान अफ दी म्याच विर्ताका दिलेन लोक्ताम घोषित भए । प्रतियोगिता अन्तर्गत आइतवार सुनसरी ११ र एपीएफ काठमाण्डौँवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरि १० फुटवल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैँया प्राप्त गर्ने छन ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

Message Board
Public Poll

Loading...

Program Archives