Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
राजनीति
हिलिहाङ गाउपालिकाको कार्यालय सरेन

पौस ४, पाँचथर  राज्यको पुर्न संरचना संगै गठित गाउपालिका तथा वडा पालिकाको कार्यालयको विवाद कायम नै रहेका बेला हिलिहाङ गाउपालिकाको कार्यालय नसर्ने पक्षमा बहुमत जुटेको छ ।

विवाद रहेका पालिकाको सदरमुकाम तथा वडा कार्यालयको विवाद निर्वाचित जनप्रतिनिधिहरुले ६ महिना भित्रमा टुङ्गाउनका लागि सरकारले भने पछि स्थानिय तहको सदरमुकाम तथा वडा कार्यालय स्थापनाका लागि हिलिहाङ गाउपालिकाको पौस ४ गते बसेको दोस्रो गाउँसभाले वडा  कार्यालय तथा पालिकाको कार्यालयको टुङ्गो लगाएको गाउ पालिकाका प्रवक्क्ता मदन गौतमले जानकारी दिनु भयो । पालिकाको कार्यालय सार्ने पक्ष र  विपक्षमा मतदान हुदा नसार्ने पक्षमा २० मत र सार्ने पक्षमा १७ मत परेको निर्वाचन समितिका प्रमुख एवं प्रशासकि अधिकृत टार्जन लिम्बूले बताउनु भयो । वडा नं. १ को कार्यालय भालुचौक र वडा नं. ३ को कार्यालय साम्रेमा सार्ने समेत सभाले निर्णय गरेको छ ।
स्थानिय तहको पुर्न संरचना हुदा प्रविधिक समितिले समेत हिलिहाङ गाउ पालिकाको कार्यालय गोपेटारमा नै राख्ने सिफारिस गरे पनि पछि तोकिएर आउदा साविक पञ्चमी गाविस भवन भने पछि विवाद कायम रहेको थियो । यातायात तथा पूर्वाधारको समेत असुविधा रहेको पालिका कार्यालयमा काम गर्न जाने सेवाग्राहिले सास्ती बेहोर्नु पर्ने वडा नं. ७ का वडा अध्यक्ष तिर्थराज तिम्सिना बताउनु हुन्छ । न बस्ने ठाउँ छ । न खाने ठाउँ नै छ । राज्यको  उपस्थिति गाउ गाउमा भने पनि पुरानो संरचना भन्दा जनता बढी दुख पाएको बताउनु हुन्छ हिलिहाङ ७ का राम माझी । हिलिहाङ २, ६ र ७ बाट हिडेर आउन दिन भरि लाग्छ बेलुका बस्ने ठाउ पनि छैन खाने पानी पनि छैन यस्तो असुविधा भएको ठाउँमा किन कार्यालय राख्ने निर्णय गरे जन प्रतिनिधिले अचम्म लागेको बताउनु हुन्छ हिलिहाङ ६ का धनसिं हाङसरुम्बा । जनताका प्रतिनिधिहरुले सहि निर्णय गर्न नसकेकाले यसको फैसल्ला जन स्तरबाट नै हुनु पर्ने धारणा राख्नु सामाजिक कार्यकर्ता राजेन्द्र काफ्ले । उहाँ भन्नु भुगोलको विच भनेर जंगलको विचमा कार्यालय राखिन्दैन कार्यालयले जनतालाई सेवा दिने हो त्यसैले जनप्रतिनिधिहरुले बिबेक प्रयोग गर्नु पर्ने गर्न सकेन अब जनता बिचबाटै छिनोफानो गर्नु पर्ने बताउनु हुन्छ । 

 

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives