Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
बहुआयमिक गरिबी सूचकांक सार्वजनिक: करिव २९ प्रतिशत नेपाली गरिबीको रेखामुनि

कहाँ धेरै, कहाँ कम गरिबी?

 पुस ५, २०७४ काठमाडौं: नेपालमा पहिलो पटक बहुआयामिक गरिबी सूचकांक सार्वजनिक भएको छ। सन् २००६ देखि २०१४ सम्मको नेपालका १० वटा सूचकांकलाई आधार मानेर अक्सफोर्ड विश्‍वविद्यालय र राष्ट्रिय योजना आयोगले गरेको अध्‍ययनले नेपालमा २८ दशमलब ५ प्रतिशत जनता बहुआयमिक गरिबीको रेखामुनि रहेका देखाएको हो। सामान्य अवस्थामा नेपालको गरिबी २१ दशमलब ६ प्रतिशत रहँदा बहुआयामिक गरिबीसमेत २८ दशमलब ६२ प्रतिशत रहनु उल्लेख्य सुधार भएको अध्ययनकर्ता तथा अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई)की निर्देशक सविना अल्किरेले बताइन्। उनले नेपालको गरिबी निवारण नाटकीय र उत्साहजनक हिसाबले भएको दाबी पनि गरिन्। यो अध्ययन विशेषगरी स्वास्थ्य, शिक्षा र जीवनयापनको गुणस्तरका आधारमा गरिएको हो। स्वास्थ्यका दुईवटा, शिक्षाका दुईवटा र जीवनयापनको गुणस्तरका छवटा सूचाकांकलाई आधार मानेर गरिएको उक्त अध्ययनले यस्तो देखाएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सन् २०३० सम्म विकसित मुलुकको सूचीमा जाने लक्ष्य राखेको नेपालका लागि यो प्रतिवेदन कोशेढुंगा सावित हुने बताए। कहाँ धेरै, कहाँ कम गरिबी? अध्ययन प्रतिवेदनअनुसार नेपालको सबैभन्दा बढी गरिबी प्रदेश नम्बर- ६ र कम गरिबी प्रदेश नम्बर- ३ मा छ। प्रदेश नम्बर- ६ मा ५१ प्रतिशत र प्रदेश नम्बर- ३ मा १२ दशमलब २४ प्रतिशत गरिबी रहेको अध्ययनले देखाएको छ  बहुआयामिक गरिवी सुचाङक अनुसार प्रदेश नं. १ मा १९. ६७ प्रतिशत , प्रदेश नं. २ मा ४७।८९ प्रतिशत, प्रदेश न ३ मा १२.२४ प्रतिशित, प्रदेश न्. ४ को १४.१९ प्तिशत गरिवीका रेखा मुनी रहेका पाइयो । त्यस्तै प्रदेश नं. ५ मा २३.९२ प्रतिशत प्रदेश नं. ६ ५१.२२ प्रतिशत र प्रदेश नंं ७ मा ३३.५६ प्रतिशत रहेको तथ्याङकले जनाएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives