Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
राजनीति
सुखबोद्ध माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान


सिंहलिला समाचार पाँचथर, मंसिर १९ गते ।
जनसेवा समाज पाँचथरले जाडोयामलाई मध्यनजर गर्दे पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ मा अवस्थित सुखबोध माविमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई गुडविल फाइनान्स लिमिटेड शाखा कार्यालय फिदिमको सहयोगमा  शैक्षिक सामाग्री प्रदान गरेको छ ।

विद्यालयमै गएर मंगलबार आयोजित एक कार्यक्रमका वीच ती सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम जनसेवा समाज पाँचथरको आयोजनामा गुडवील फाइनान्सले बौद्धिक अपांगता भएका ९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

गुडवील फाइनान्सले वितिय कारोवार संगै सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गरेको फाइनान्सका शाखा प्रबन्धक बिक्रम तिवारीले बताउनु भयो ।उहाँले भन्नुभयो,“बेंक तथा वित्तिय संस्थाको अलाबा सामाजिक कार्यमा पनि गुडविल फाइनान्स सँगसँगै अघि वढ्नेछ र आउँदा दिनमा पनि दिनदुखी,गरिब,विपन्न अपांगता भएका ब्यक्तिहरुलाई सहगोग गर्दे जाने छ ।” कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक बाम देव गौतम, ससस्त्र प्रहरी प्रमुख लोकेन्द्र भट्ट, नेपाल पत्रकार महासंघका सचिव, उद्योग वाणिज्य संघ पाँचथरका वरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल,सुखबोध मावि जोरसालका प्रधानाध्यापक पुष्प भण्डारी लगायतले जनसेवा समाजको पहलमा गुडवील फाइनान्सले उदाहरणिय र नमूना कार्य गरेको र आउँदा दिनमा पनि अझै सामाजिक कार्यक्रमा लाग्न आग्रह गर्नुभयो ।
जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दे आएको र समाजले आउँदा दिनमा पनि थप सामाजिक कार्यमा अघि वढ्ने वताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतम,हिमशिखर गुल्मका गुल्मपत्ति लोकेन्द्र भटट्,महिला तथा बालवालिका अधिृत निर्मला मिश्र लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives