Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
खेलकुद
भलिवल प्रतियोगिता शुरु

सिंहलिला समाचार, कार्तिक ४ पाँचथर÷ त्रिवेणी युवा क्लवको आयोजनामा वडा स्तरिय भलिवल प्रतियोगिता तथा दुतिया भेला शनिवार नेकपा एमालेका केन्द्रीय जलस्रोत तथा उर्जा बिभाग सचिव एवं पुर्व साँसद बसन्तकुमार नेम्बाङले एक कार्यक्रमका विच उद्धघाटन गर्नु भयो ।
    भलिवल प्रतियोगिता पाँचथर तथा तेह्रथुमका विभिन्न गाउँपालिकाका १४ वटा टिमको सहभागिता रहेको आयोजक कमिटीका अध्यक्ष दिलसम कुरुङबाङले बताउनु भयो ।विगत २ सय बर्ष देखि लाग्दै आएको उक्त मेलामा पाँचथर तेह्रथुम लगातका मेला तथा खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो प्रतियोगितामा प्रथम दितियलाई क्रमस नगद ४० हजार र २५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने बताइको छ । कार्यक्रममा विभिन्न साँगितिक कार्यक्रम सहित धाननाच लगातको प्रस्तुति रहेको थियो । मेला तथा खेल सोमबार सम्म संचालन हुने आयोजकले जनाएको छ ।


 

 

Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives