सिंहलिला समाचार पाँचथर १ कातिक
मेची राजमार्गको फिदिम–साम्दिन सडक खण्ड अन्तरगत फिदिम नगरपालिका–१ कोे चिहानडाँडा स्थित सडकमै माटोका थुप्राहरु देखिन्छन् । त्यो पनि गाडिको ट्रनिङ अनि ओरालो सडकमा ।
बजारमा घर बनाउने क्रममा निस्किएको माटो ल्याएर फाल्ने क्रममा विच सडकमै माटो फालिएको पाइएको हो । सडकको मापदण्ड अनुसार सडकको १५ मिटर चौडा हुन्छ । तर, यहा भने सडक १५ मिटरकै भए पनि माटो थुपारेर करिव ६ मिटर भन्दा कम छ सडक ।
ट्रनिङ मै यसरी माटो थुपारे पछि सडक दुर्घटना हुन सक्ने सम्भावना बढी रहेको सवारी चालकहरु बताउँछन् । “ट्रनिङ छ, त्यहि माथि माटो थुपारी दिएको छ । यहाँ ठुलो दुर्घटना हुन सक्छ” एक सवारी चालकले भने “यहाँ कुन दिन कुन गाडीले ठक्कर दिने हो टुङ्गो छैन ।”
विच सडकमै यसरी माटो थुपारिँदा सम्बन्धित निकाय भने मौन छन् । विशेष गरेर फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ यहि बाटो भएर विहान बेलुकी ओहोर–दोहोर गर्छन् । तर, उनका आँखा यो वेथितिमा पर्न सकेको छैन् रु यसरी बजारबाट माटो ल्याएर दिनहुँ ट्रयाक्टर र ट्रिपरमा माटो फलिने गरेको प्रत्यक्षदर्शीहरु बताउछन् । के सोचेर माटो फाल्छन् ।
“माटो फाल्नेले पनि अलिकति सोच्नु पर्ने हो किन यस्तो गरिन्छ । यसले दुर्घटना निम्त्याउन सक्छ” मोटरसाइकल चालक गणेश योङहाङ गुनासो पोख्नु हुन्छ ।
