Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
राजनीति
नेपाली काँग्रेस पाँचथरको उमेदवारी टुङ्ग्यो


सिंहलिला समाचार, पाँचथर÷ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि नेपाली काँग्रेसले पाँचथर सहित ७ जिल्लाको उमेदवारी टुङ्ग्याउको छ ।
नेपाली काँग्रेस उमेदार छनोट समितिले असोज ३१ गते टुङ्ग्याएको हो । पाँचथरमा प्रतिनिधि सभाका लागि बिवर्तमान साँसद भिष्मराज आङ्देम्वे प्रदेश सभा क बाट जिल्ला सभापति नरेन्द्रकुमार केरुङलाई र ख बाट काँग्रेसका महासमिति सदस्य सुरेन्द्रकुमार दहाललाई निर्णय गरेको छ । जिल्लाबाट प्रतिनिधि सभाका लागि पाँचथर उद्योग बाणिज्य संघ फिदिमका अध्यक्ष समेत रहनु भएका ने.का महासमिति सदस्य मित्रप्रसाद काफ्ले र डिकेन्द्रकुमार चेम्जोङको समेत दावी रहेको थियो । प्रदेश सभा क का लागि नेका सचिव रुपनारायण जबेगु, नेपाल पत्रकार महासंघ पाचथरका अध्यक्ष लवदेव ढुङ्गाना, गैसस महासंघका अध्यक्ष बालकृष्ण ओझा, पाँचथर ख का लागि सुरेन्द्रकुमार दहाल, महासमिति सदस्य बिरेन्द्र खड्का, नेका क्षेत्रिय सदस्य सुर्यकुमारी चेम्जोङ र महासमिति सदस्य धर्मेद्रविक्रम नेम्बाङको  सिफारिस गिरिएको जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिनु भयो । त्यसै गरि ताप्लेजुङबाट प्रतिनिधि सभाका केशवप्रसाद दहाल, ताप्लेजुङ क बाट लिलादेवी बोखीम, ख बाट दिपेन्द्रकुमार पोमु, सोलुखुम्बु प्रतिनिधि सभाका लागि बलबहादुर केशी, क प्रदेश सभाका लागि प्रकाश कार्की, ख बाट आगेङ्गे शेर्पा, खोटङ  प्रतिनिधि सभाको लागि सरस्वती वजिमय प्रदेश क शुवासकुमार पोख्रेल, ख विष्णुकुमार  राई, मनाङमा प्रतिनिधि सभाका लागि पुर्व राज्य मन्त्री टेकबहादुर गुरुङ, प्रदेश क मा चिन्ताबहादुर घले, ख मा कर्मा गुरुङ, हुम्लामा प्रतिनिधि सभामा   बहादुर शाही र जाजरकोट बाट प्रतिनिधि सभाका लागि राजिव शाही र प्रदेश मा देवराज सिंह र ख मा दिपकजंग शाहलाई नेपाली काँग्रेसले टिकट दिएको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives