Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
राजनीति
प्रहरीद्वारा बन्धक बनाएर असुली

 

 

१ कात्तिक, काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए, ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए ।

थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असई चन्द्रसिंह भाट सजिलै लोभिए । उनीहरु सुरुमा आफ्ना मान्छेलाई पनि भारतीय गोर्खा सैनिकमा भर्ना गराइदिन भन्दै देवानको कार्यालयमा पुगे र जबर्जस्ती एक लाख रुपैयाँ दिए । त्यसको फोटो खिचे । उनले गोर्खा सैनिकमा भर्ना गरिदिने भन्दै पैसा लिने गरेको प्रमाण जुटाउन त्यसरी फोटो खिचेका थिए ।

लगत्तै उनीहरुले आफूहरु प्रहरी भएको भन्दै कार्यालयमा खानतलासी गरे । गोरखा सैनिकमा भाग लिने प्रक्रियामा रहेका केही युवाका कागजपत्र थिए । हत्कडी लगाएर २० लाख रुपैयाँ मागे । उनले आफूले नराम्रो काम नगरेको भन्दै दिन इन्कार गरे । उनलाई बिन्दवासिनी बालुवा डिपो्मा लगेर बन्धक बनाउँदै बार्गेनिङ सुरु भयो । त्यसबेला असई भाटसहित हवलदार मनोज यादव र जवान पुष्कर शाहसमेत सँगै थिए उनीहरुले श्रीमतीलाई फोन लगाएर पैसा लिएर आउन भने ।

जसरी अपराधीहरुले अपहरण गरेर पैसा असुल्छन्, बालाजु प्रहरीले त्यसैगरी सर्वसाधारणलाई पक्राउ गरी असुल्ने प्रयास गरेको थियो । यो घटनाले सिंगो प्रहरी संगठन नै बदनाम बनेको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

२०७४ कार्तिक १ गते ६:१९ मा प्रकाशित

Featured Programs
Photo Gallery
RJ Profile

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives