Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
देश
संसद २० गतेसम्म स्थगित, चिकित्सा शिक्षा विधेयक पारित भएन

संसद २० गतेसम्म स्थगित, चिकित्सा शिक्षा विधेयक पारित भएन

दुर्गा दुलाल

काठमाडौं – व्यवस्थापिका संसद आगामी २० गतेसम्मलाई स्थगित भएको छ। संसदले डा गोविन्द केसीको माग र माथेमा प्रतिवेदन विपरित चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी गरेको थियो। 

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गराउने तयारी भएको थाहा पाएलगत्तै डा केसीले आजबाट अनशन सुरु गरेका छन्। डा केसीले अनसन सुरु गरेपछि संसदले आजको कार्यसुचिबाट विधेयकलाई हटाएको हो।

जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएको भन्दै डा केसीले मध्यान्नदेखि १२ औं अनशन सुरु गरेका हुन्। उनको अनशनको प्रमुख मागमा ‘माथेमा प्रतिवेदन र हाम्रा सुझाबअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा विधेयक पारित गरियोस्’ भन्ने छ।

संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले आफु अनुकल विधेयकको प्रतिवेदन तयार गरी संसदमा प्रस्तुत गरेको हो। सो विधेयक पारित भए काठमाडौं उपत्यकामा थप ५ मेडिकल कलेजले तत्काल सम्बन्धन पाउने बाटो खुल्नेछ। सो विधेयकले देशभर जति पनि मेडिकल कलेज खोल्न अनुमति दिएको छ। विधेयक पारित भए नेपालको चिकित्सा शिक्षा माफियाको कन्ट्रोलमा पुग्ने विज्ञहरु बताउछन्।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives