Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
कुम्मायकको गाउ सभा सम्पन्न साँढे २३ करोड भन्दा बढी बजेट सार्वजनिक


सिंहलिला समाचार ६ असोज
कुम्मायक गाउँपालिकाले निति तथा कार्यक्रम सहितको वजेट बिहिबार सार्वजनिक गरेको छ ।कुम्मायक  गाउँ कार्यपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले प्रथम गाउ सभामा पालिकाको लागि आगामि आर्थिक वर्षको लागि २३ करोड ७८ लाख ७० हजार ७ सय ३१ रुपैयाँ विनियोजन गरेको हो ।

कुल विनियोजित रकम मध्ये व्याय तर्फ कुल विनियोजनमध्ये चालुतर्फ रु. ९ करोड ४६ लाख ३४ हजार ९ सय र पूँजीगत तर्फ ११ करोड ७३ लाख ४२ हजार २ सय ३१ रहेको छ  र सामाजिक सुरक्षा कार्यक्रमको रु. २ करोड ५८ लाख ९३ हजार ६ सय रहेको जनाउनु भएको छ ।

खर्चको स्रोत मध्ये राजस्ववाट १२ लाख ९० हजार, अनुदान रु ६ करोड ८५ लाख ६५ हजार, समानिकरण प्राप्त १३ करोड ७३ लाख १३ हजार र सामाजिक सुरक्षा भत्ता २ करोड ५८ लाख ९३ हजार ६ सय गरी   कूल जम्मा रु.२३ करोड ७८ लाख ७० हजार ७ सय ३१ अनुमानित आय रहेको छ ।

पालिकाले यस आर्थिक वर्षवाट  स्वास्थ्य स्वयंसेविकाहरुको लागि वार्षिक रुपमा १८ हजरा प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिका लाई ३ बर्ष भित्र अध्यारो मुक्त पालिका घोषण गर्ने लक्ष्य सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
समृद्ध कुम्मायकको परिकल्पना गरे वमोजिम पालिकामा रहेकोकुम्मायक कुसायकको संरक्षण र विकासको लागि आवश्यक काम गर्ने योजना बनाएको छ । खानेपानीको समस्यालाई तत्काल हल गर्न पालिकाले २ वटा पानी बोक्ने ट्याङकर किनेर संचालन गर्ने लक्ष्य र संचालन गर्ने योजना अगाडी सारेको छ ।

त्यसैगरी यासोक बजारमा ३० शैयाको अस्पताल, कृषिको समृद्धि र विकासको लागि विभिन्न पकेट क्षेत्रहरुको निर्माण गरी प्रोत्साहन गर्ने साथै विषादि व्यवस्थापनको कार्यक्रम गर्ने लगायतका निति तथा कार्यक्रमहरु सार्वजनीक गरेको छ । 
कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष बिष्णु साप्कोटाको प्रमुख आतिथ्यता तथा प्रमुअ जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, नेकपा एमाले जिल्ला कमिटी सचिव तिवेन्द्रराज चापागाई, नेकपा माओवादीप् केन्द्रका केन्द्रीय सदस्य अमरसिंह थापा लगायतका अथिथिहरुले प्रस्तुत नीति कार्यक्रमका बारेमा चर्चा गर्नु भएको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives