Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

आठराई- सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन्। 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

एकचालिस वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए। एक महिनाअघिमात्र सक्रान्तिबजार सरुवा भई आएका गुरुङ दशैँका लागि लिपपोत गर्न भनी घरमा बिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई सक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले बताए। शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ।

Featured Programs
Photo Gallery
RJ Profile

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives