Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
कतारमा भन्दा त नेपालमा नै बढी पैसा कमाइ हुदो रहेछ

तुलसी क्षितिज÷सिंहलिला समाचार
पैसा कमाउनका लागि धेरै टाउको दुखाउनु पर्दो रहेनछ । विदेशमा गएर धेरै कमाइएला भन्ने लागेको थियो । पढाइ नै छोडेर २०६६सालको अन्ततिर कतार तिर लागे । कमाइ पनि खासै भएन । कामको चाप त्यतिकै धेरै गर्मीमा ८÷१० घण्टा काम गर्यो त्यति नै समय नेपालमा दिदा  त धेरै गर्न सकिन्थ्योकि जस्तो लाग्यो । आफ्नो पाखो बारी पनि जति छदैछ । २ बर्ष कतारमा बसेर नेपालमा फर्किए । नेपालमा कृषि फामहरुकोे विकास भई रहेको थियो । म पनि कतारबाट घर फर्किए पछि बिदेश नजाने निधोमा पुगे । बुबा आमा दाजुभाईसंग घर सल्लाह गरेर टमाटर रेप्ने योजना बनायौं । त्यहीबाट प्रारम्भ भयो मेरो व्यवसायिक कृषि खेतीको यात्रा ।  सायद २०६८÷६९ साल तिर हुन सक्छ जिल्ला कृषि विकास कार्यालयले टमाटर र तरकारीका केही प्रजातिहरुमा आइ.पि.एम. पाठशाला चलायो त्यस्ले थप अर्कषण गर्यो खेतीमा । फेरी केही पढेलेखेकाले कृषि गर्नु हुदैन भन्ने मान्यता पनि त्यो पाठशालाले अन्त्य गर्यो । यो अनुभव याङवरक ६ का प्रेम सिग्देलको हो । साविक नागी ६ मा देवी प्रसाद सिग्देल र धनमायाको माइलो छोरोका रुपमा २०६६ साल पौषको ६ गते जन्मेका सिग्देलका दाजु भाइ २ रदिदि बहिनी २ जना छन् । कक्षा १२ सकेर पैसा कमाउनका लागि कतार गइयो नेपालमा शैक्षिक बेरोजगारहरुको संख्या कहाली लाग्दो अवस्था देखे र पढेर के होला जस्तो लाग्यो र बिदेश हानिए ।
बिदेशबाट आएर पहिलो पटक सामुहिक खेती गरियो हामीमा एक खालको उत्साह आएको थियो । त्यही उत्साहले नै हाम्रो जिवन यापन र दैनिकी पनि फरक पार्यो । हामीले  ९ रोपनीमा र्खुसानी, टमाटर, सिबी लगायतका तरकारीहरु रोपीयो त्यसबाट मनग्गे आम्दानी भएपछि खेतीलाई व्यवसायिक बनाउने योजना बनायौं । अहिले हाम्रो बारीमा टमटर एक झ्याङमा ५ केजी सरदर फल्ने गरेको छ । खुशी हुदै प्रेमले सुनाए तरकारीबाट मनगे आम्दानी हुनथालेपछि हाम्रो दैनिकी पनि फेरीयो । हामी पहले धान मकै कोदो रोप्थ्यौं । हामीलाई कामको पनि लछारो थपिन्थ्यो । कमाइ गर्यो खान लायन नै धौं धौं अहिले त्यही जग्गामा अलिब्यवसायिक हुने कोशिष गरियो खानलगाउन कुनै समस्या छैन । काममा पनि सहज भएको छ ।
पढेलेखेकालाई व्यसायिक खेतीगर्न सहज रहेछ । पहिले किन पढ्ने जस्तो लाग्यो खेती नै गर्न पढ्नु पर्ला र जस्तो लाग्थ्यो यो गलत रहेछ खेतीबाट पनि प्रयाप्त पाइदा लिनका लागि, नाफा कमाउनर उन्त तरीका सिक्न पढ्नै पर्ने रहेछ । सरकारले कृषिमा लगानी गरेको छ त्यो प्राप्त गर्न सूचनामा पहुँच बढाउन पनि आवश्यक रहेछ । यि सबै कुरा भयो भने मात्र कृषि व्यवसायबाट फाइदा हुने रहेछ भन्ने अनुभव सुनाउछन् सिक्देल । उनले तरकारी खेतीबाट बार्षिक १० लाख जति कमाइ हुने गरेको बताए । बालिमा नयाँ नयाँखालका संक्रमणहरुले सताउन थालेको छ । समयमा उपचार गर्न नसकिएको समेत तितो अनुभव छ सिग्देल संग ।
वालीको बिमा गर्यो बिमा कम्पनीले ठग्दो रहेछ जस्तो लाग्यो । कम्पनीहरुले लागेको खर्च मात्र दिने त्यो पनि झन्झटिलो प्रक्रिया रहेछ यस्लाई प्रभावकारी बनाइदिए हुन्थ्यो  । मौसम अनुसारका तरकारीत पाइन्छ नी कृषिले हामीलाई बेमौसमि खेतीका लागि बढी नै प्रत्साहित गरेको बताउनु हुन्छ प्रेमकुमार सिग्देल । कृषिले बिउ विजन, किटनासक औषधी, सिंचाइको लागि पाइप, खन्जोतका लागि हाते ट्रयाक्टर दिएको छ । प्राविधिक सहयोग पनि राम्रो भएको छ । ब्यवसायिक हुन मन गरेमा जिल्ला कृषि विकास कार्यालयबाट परामर्श तथा आवश्यक सहयोग पनि प्राप्त हुदोरहेछ ।
अहिले सम्म हामीले उत्पादन गरेका कृषिउपजहरु न्विकेर फाल्न’ पर्ने अवस्था आएको छैन थोरै उत्पादन हुँदा सदरम’काम फिदिम बजारसम्म लगेर बिक्री गर्ने गरेको र धेरै मात्रामा उत्पादन भए बिर्तामोडका ब्यवसायिहरुलाई दिने गरेको छौं । धेरै हउत्पादन हुदाँ ब्यपारिहरु आफैं आउने गरेका छन् । सरकारले हामीले उत्पादन गरेको कृषि उपजहरुलाई प्रसोधन गर्ने कार्यमा सहयोग गरे बजारको त्यति ठुलो चिन्ताको बिषय हुने थिएन होला । प्रेम सिग्देल आफ्नो भविश्य पनि कृषि ब्यवसायमा नै देख्न चाहान्छन् । यसलाई यान्त्रीकरणमा जोड दिएमा काम प्रतिको आकृषण समेत बढ्ने देख्छन् ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives