Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
देश
फिदिम माविका प्रअले टेरेनन् जिशिअलाई

सिहलिला समाचार/२७ भदौ

विद्यालय समयमा गाँजा खाएर विद्यालयबाट निश्कासिन भएका फिदिम माविका एक छात्रलाई विद्यालयमा निरन्तरता दिने जिल्ला शिक्षा अधिकारीको निर्देशन प्रअले अस्विकार गरेका छन् ।

गत वुधवार कक्षा ७ र ८ मा अध्ययनरत २ जना विद्यार्थीहरुलाई विद्यालय हातामै गाँजा खाइरहेको अवस्थामा भेटेपछि उनीहरुलाई विद्यालयबाट निस्कासन गरीएको थियो ।

निस्कासन भएका एक विद्यार्थीलाई अर्का विद्यालयका शिक्षक समेत रहेका अभिभावकले आफ्नै स्कुलमा लगेर सेटल गरेपनि अर्का विद्यार्थी भने पढ्न पाउने अधिकारवाट वञ्चित भएका छन् ।

उनका अभिभावकहरुले प्रधानाध्यापक सहित विद्यालय व्यवस्थापनलाई पटक पटक पढ्न पाउनु पर्छ भनेर अनुनय विनय गरेपनि प्रधानाध्यापक दुर्गाराज खत्रीले अस्विकार गर्दै आएका छन् ।

विद्यालयमा विद्यार्थी निस्कासनको विषयलाई लिएर जिल्ला वाल कल्याण समितिको हालै वसेको वैठकमा समेत विषय उठान भएको थियो । बैठकमा जिल्ला शिक्षा अधिकारी वीरवहादुर खड्काले विद्यार्थीलाई विद्यालयमा पुन स्थापित गर्ने जिम्मा लिएका थिए । त्यसपछि जिशिअले प्रअलाई मौखिक निर्देशन समेत खत्रीले अटेर गरेका छन् ।

जिशिअले “हिजो प्रधानाध्यापक संग वसेर कुरा भा छ आज वुधवार २८ गतेवाट उनलाइ विद्यालय पठाए हुन्छ ।” भनेको केहि वेर नवित्दै प्रधानाध्यापकले विद्यार्थी र उनका अभिभावकलाई विद्यालय जाने क्रममै सातो लिए ।

“तिमीहरुले के गर्न खोजेको कहाँ कहाँ निवेदन गरेउ, पत्रकारलाई, जिशिका र बालकल्याण समितिमा किन उजुर गरेउ” भन्दै कड्कीएको अभिभावकले गुनासो गरे । अभिभावकले मेची पोष्टलाई भने “अव हामीले जाने ठाउँ कहाँ हो अव न्यायीक निरुपणको वाटो खोज्छौं ।”
त्यसबारे जिशिअलाई टेलिफोन गरेर बुझ्दा “हिजै मात्र प्रअ सँग विद्यालयमा पुन स्थापित गर्न सहमत भएको त्यस्तै नहुनु पर्ने” प्रतिकृया दिए ।
कक्षा ७ मा अध्ययनरत १४ वर्षका उनको १० दिनदेखि पढाइ छुटेको छ ।

मेची पोष्टमा प्रकाशीत

Featured Programs
Photo Gallery
RJ Profile

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives