Date Tuesday, 2017 Sep 26
Studio Time 04:20:00 NST
News »
राजनीति
७० सीट जित्ने रिपोर्ट,चुनाव अगावै मधेसका २ स्थानीय तहमा एमालेको जित

काठमाडौं, २६ भदौ । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।

बाराको जितपुर–सिमरा उपामहानगरपालिका र सर्लाहीको मलंगवा नगरपालिकामा एमालेका दुई जना नेतृ निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा दुवै दलित महिला सदस्य रहेका छन् ।

बारा जिल्लाको जितपुर–सिमरा उपामहानगरपालिका वडा नं २४ बाट एमालेका तर्फबाट वडाको दलित महिला सदस्यमा आलमती देवी निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, सर्लाहीको मलंगवा नगरपालिका वडा न १० मा सरिता देवी दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भएको एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिएका छन् ।

७० सीट जित्ने रिपोर्ट

यसैबीच नेकपा एमालेले प्रदेश नम्बर २ का ८ जिल्लामा रहेका १३६ स्थानीय तहमध्ये कम्तीमा ६० देखि ७० सीटसम्म जित्ने आकलन गरेको छ । भर्खरै मधेसबाट एमाले नेतृत्वलाई प्राप्त रिपोर्टमा ६० देखि ७० सीटसम्म एमालेले जित्ने उल्लेख छ । यसअघि एमाले सचिव योगेश भट्टराईले ६८ सीट जित्ने ठोकुवा गरेका थिए ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives